आईपीएलमा दिल्ली क्यापिटल्सको तेस्रो जित
काठमाडौं, वैशाख ८ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ। चेन्नईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई...
काठमाडौं, वैशाख ८ : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ। चेन्नईमा गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो।
मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो। दिल्लीको जितमा शिखर धवनले सर्वाधिक ४५ रन बनाएका छन्। स्टिभ स्मिथले ३३ रन जोड्दा ललितयादव २२ रनमा अविजित रहे । यस्तै कप्तान रिषभ पन्त र पृथ्वी शाले समान ७(७ रन जोडेर आउट भए।
शिम्रन हिटमेयरले अविजित १४ रन बनाए। यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो। जितसँगै दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको छ।
दिल्लीले ४ खेलबाट ६ अंक जोडेको छ।दोस्रो हार ब्यहोरेको मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ ।
प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, वैशाख ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार