Kathmandu Press

बाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य

हेटौंडा, वैशाख ७ : बाग्मती प्रदेश सभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको...
बाग्मती प्रदेशको सातौँ अधिवेशन अन्त्य

हेटौंडा, वैशाख ७ : बाग्मती प्रदेश सभाको सातौँ अधिवेशन आज वैशाख ७ गते राति १२ बजेदेखि अन्त्य भएको छ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी बाग्मती मन्त्रिपरिषद्को सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।

Hardik ivf

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले चालू प्रदेशसभाको बैठक अन्त्य गर्न सिफारिस गरी आएअनुसार प्रदेश प्रमुखले प्रदेशसभा बैठक आजै अन्त्य गरेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए।

प्रदेशसभाको चालू बैठक गत वैशाख २ गते सञ्चालन भई अर्को सूचना जारी नभएसम्मका लागि भनी स्थगित भएको थियो। स्थगित रहेकै अवस्थामा अन्त्य गरिएको हो।

 

प्रकाशित मिति: २०:४९ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्