कोरोनाबीच सेतो मछिन्द्रनाथको रथयात्रा (तस्बिरहरु)
कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि सेतो मछिन्द्रनाथको रथयात्रा प्रारम्भ भएको छ। रथयात्रामा हजारौंं मानिस सहभागी भएका छन्।
काठमाडौं, वैशाख ७ : कोरोना भाइरसको संक्रमण बढ्दै गएको भए पनि सेतो मच्छेन्द्रनाथको रथयात्रा प्रारम्भ भएको छ। रथयात्रामा हजारौंं मानिस सहभागी भएका छन्।
कोरोनाको दोस्रो लहर चलेसँगै सरकारले २५ जनाभन्दा बढी भेला गर्न रोक लगाएको छ। शिक्षण संस्था बन्द गरेको छ। तर, सेतो मच्छेन्द्रनाथको रथयात्रामा भने हजारौं सर्वसाधारण सहभागी भएका छन्।
मंगलबार साँझदेखि प्रारम्भ भएको रथयात्रामा स्वास्थ्य मापदण्ड पालना गरिएको आयोजकले जनाएको छ। रथयात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी हुने जनाएको छ। आज राति ९ बजेतिर राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: १९:३२ बजे, मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार