Kathmandu Press

जलेर बालिको मृत्यु

दाङ, वैशाख ७ : आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्। घाइते...
जलेर बालिको मृत्यु
Hardik ivfHardik ivf

दाङ, वैशाख ७ : आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्। घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ।

राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो। आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  दाङले  जनाएको छ। 

प्रकाशित मिति: १५:४९ बजे, मंगलबार, वैशाख ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्