Kathmandu Press

बेलायतका प्रधानमन्त्रीको भारत भ्रमण रद्द 

लन्डन, वैशाख ७ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको उच्च प्रसार भएपछि आफ्नो भारत भ्रमण रद्द गरेका छन। अप्रिल २६का लागि तय भएको...
बेलायतका प्रधानमन्त्रीको भारत भ्रमण रद्द 
Hardik ivf

लन्डन, वैशाख ७ : बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना भाइरसको उच्च प्रसार भएपछि आफ्नो भारत भ्रमण रद्द गरेका छन। अप्रिल २६का लागि तय भएको भारत भ्रमण बोरिसले सोमबार रद्द गरेका हुन्।  

भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढिरहेकाले प्रधानमन्त्री बोरिसले अप्रिल २६ मा भारत भ्रमण नगर्ने बेलायत र भारत सरकारद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ । 

बेलायतमा हाल कोरोना भाइरसको कुल सक्रिय संक्रमितको संख्या ४३ लाख ९० हजार सात सय ८३ छ भने मृत्यु हुनेको संख्या एक लाख २७ हजार दुई सय ७४ छ। त्यस्तै, भाइरसबाट निको हुनेको संख्या ४१ लाख ५६ हजार एक सय ३५ छ । 

प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, वैशाख ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्