Kathmandu Press

गोर्खा सैनिकका  लोकभाका र कथा प्रकाशित

काठमाडौं, वैशाख ५ : नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ। पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले...
गोर्खा सैनिकका  लोकभाका र कथा प्रकाशित

काठमाडौं, वैशाख ५ : नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ। पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो। 

प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मनेली प्रा हाइनरिक ल्युडर्सद्वारा तिनको बासस्थानमा नै गएर अभिलेख गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो।

Hardik ivf

 प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अष्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत डा. अलका आत्रेयले ती सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गरेकी हुन्। तीन परिच्छेदमा विभाजित सो कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्वपूर्ण जानकारी प्रस्तुत गरी विश्लेषण गरिएको तथा दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथा राखिएका छन् । 

गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, फुटकर गीत र सिलोक, ख्याली, हिन्दी गीत, भजन, दोहा र सिलोक, सोरठीजस्ता गेय विधा तथा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथाजस्ता गद्य विधाका  ऐतिहासिक महत्त्व राख्ने ८६ लोकसामग्री समेटिएको प्राज्ञ डा. देवी नेपालले जानकारी दिए। उनले भने, ‘यी ऐतिहासिक सामग्रीमा युद्धबन्दी गोर्खालीका कथा र व्यथा समेटिएका छन् । साथै परिशिष्ट खण्डमा राखिएका तिनका नाम, नेपालको ठेगाना, त्यतिबेलाको उमेर, तिनले सुनाएको विधा र रेकर्ड मितिजस्ता कुराले कृतिलाई झनै आधिकारिक र प्रामाणिक बनाएको छ । ती सामग्री पढ्दा र त्यो इतिहासको स्मरण गर्दा आज जोकोही पनि भावुक बन्ने अवस्थामा कृतिले पु¥याउने छ ।’

दुई सय २० पृष्ठको सो ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा राखिएको प्रज्ञा–प्रतिष्ठान, सूचना तथा सञ्चार शाखा प्रमुख प्राज्ञ शशि लुमुम्बुले जानकारी दिए । 
 

प्रकाशित मिति: १५:०७ बजे, आइतबार, वैशाख ५, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्