Kathmandu Press

शिशुमा किन हुन्छन् अतिरिक्त लिंग ?

मेडिकल इतिहासमै पहिलोपटक इराकको दुहोकका एक शिशुमा तीनवटा लिंग पाइएको छ । ट्रिफालिया भनिने यस्तो केस दुर्लभ रहेको वैज्ञानिकहरूको भनाइ छ । भ्रुण...
शिशुमा किन हुन्छन् अतिरिक्त लिंग ?
Hardik ivfHardik ivf

मेडिकल इतिहासमै पहिलोपटक इराकको दुहोकका एक शिशुमा तीनवटा लिंग पाइएको छ । ट्रिफालिया भनिने यस्तो केस दुर्लभ रहेको वैज्ञानिकहरूको भनाइ छ । भ्रुण विकासका क्रममा तीनवटा लिंग बन्नुलाई ट्रिफालिया भनिन्छ ।

चिकित्सकहरूका अनुसार तीनवटा लिंग भएका बालक तीन महिनाका थिए । उनका माता–पिताले ती बालकका दुईवटा लिंग हटाउन अस्पताल ल्याएपछि त्यसबारे जानकारी भएको थियो । चिकित्सकले उनको मुख्य लिंग राम्रो अवस्थामा रहेकाले अन्य दुई लिंग काटेर फालिदिए ।

‘अतिरिक्त लिंग एक दुर्लभ जन्मजात अवस्था हो । यो अवस्था प्रत्येक ५० लाखदेखि ६० लाख शिशुमध्ये एकजनामा मात्र हुन सक्छ,’ अनुसन्धानकर्ताहरूले इन्टरनेसनल जर्नल अफ सर्जरी केस रिपोर्ट्समा लेखेका छन् ।

खासमा, ती बालकका दुई अतिरिक्त लिंग मुत्रथैलीमा जोडिएका थिएनन् । त्यसैले शल्यक्रियाबाट दुवैलाई फाल्न सहज भयो ।

शिशुमा किन अतिरिक्त लिंग बन्छन् भन्नेबारे त्यति धेरै अध्ययन नभएको सेन्ट लुइस युनिभर्सिटी स्कुल अफ मेडिसिनका एनाटोमी प्राध्यापक जोन मार्टिन बताउँछन् । प्राध्यापक मार्टिन र उनका सहकर्मीहरूले अध्ययनका क्रममा एकपटक दुईवटा लिंग भएका पुरुष फेला पारेका थिए । एनाटोमी अध्ययनका लागि कुनै व्यक्तिको मृत्युपछि शरीर दान लिने क्रममा उक्त केस जानकारीमा आएको थियो ।

शरीर दान गरेका ती पुरुषको ८४ वर्षको उमेरमा मृत्यु भएको थियो । उनका दुवै लिंग मुत्रथैलीमा जोडिएका थिए ।

ती शरीर दाताले दान फारममा आफ्नो शरीरमा रहेको त्यस्तो असाधारण अवस्था उल्लेख गरेका थिएनन् । उनका सन्तान पनि थिए । तर, ती सन्तान उनका आफ्नै थिए कि प्रजनन् प्रविधि प्रयोगबाट जन्मिएका थिए भन्ने खुल्न सकेन ।

‘सन् २००० को सुरुमा उनको मृत्यु भएको थियो । उनी हुर्किरहँदा शल्यक्रिया गरेर अर्को लिंग फाल्ने प्रविधि विकास नभइसकेको हुन सक्छ,’ प्राध्यापक मार्टिनले लाइभ साइन्सलाई भने, ‘उनी हुर्केको समय अहिलेको भन्दा धेरै फरक थियो । त्यतिबेला अहिलेजस्तो प्रविधि विकास भएको थिएन ।’

यो अनौठो विकासको कारण पत्ता लगाउने उद्देश्यले प्राध्यापक मार्टिन नेतृत्वको टोलीले ती पुरुषको शरीरमा आनुवंशिक परीक्षण गरे । त्यसक्रममा उनको जिनमा धेरै परिवर्तन पाइयो । त्यसमध्ये एउटा थियो, सिलिया नाम दिइएको अपरिपक्व कोशिकाको विकास ।

शोधकर्ताहरूले जिनमा परिवर्तन फेला पारे, जसले अन्य जिनको गतिविधि नियन्त्रित गर्न मद्दत पुर्‍याउँथ्यो । ‘एन्ड्रोजेन रिसेप्टर’ले ती पुरुषको शरीरमा अर्को लिंग तयार हुन मद्दत पु¥याएको पनि अनुसन्धानमा पत्ता लागेको थियो ।

प्राध्यापक मार्टिनका अनुसार ती पुरुषको शरीरमा अर्को लिंग बन्नुमा ‘सोनिक हेजहोग’ नामक जिनको पनि प्रभाव देखिएको थियो ।

तीन या दुई लिंगको विकासबीच के कस्तो सम्बन्ध हुन सक्छ भन्ने स्पष्ट छैन । किनकि, यसबारे विस्तृत अध्ययन भएकै छैन ।

तीनवटा लिंग पाइएका इराकी बालकको उपचारमा संलग्न चिकित्सकहरूले उनको पारिवारिक र मेडिकल इतिहास केलाउन सकेका छैनन्, जसबाट गर्भावस्थामा कुनै औषधि या रसायनको प्रयोग या जन्मजात समस्या पत्ता लगाउन सकियोस् । ती बालक पूर्ण स्वस्थ छन् । र, उपचार गर्न नसकिने कुनै समस्या उनमा छैन ।

साइन्स अलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०६:२७ बजे, बिहीबार, वैशाख २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्