Kathmandu Press

अम्याङ्साको तीन कृतिको विमोचन

दमक, वैशाख १ : साहित्यकार मुसाहाङ् अम्याङ्साको एकैसाथ तीनवटा साहित्यिक कृतिको विमोचन गरिएको छ ।दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा आज यहाँ एक...
अम्याङ्साको तीन कृतिको विमोचन
Hardik ivfHardik ivf

दमक, वैशाख १ : साहित्यकार मुसाहाङ् अम्याङ्साको एकैसाथ तीनवटा साहित्यिक कृतिको विमोचन गरिएको छ ।

दमक प्रज्ञाप्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीको प्रमुख आतिथ्यतामा आज यहाँ एक कार्यक्रमकाबीच सञ्चारकर्मीसमेत रहेका स्रष्टा अम्याङ्साको विराशतको जोखना (गजल सङ्ग्रह) २०७७, रेष्टुराँको सटरभित्र (रुबाइ सङ्ग्रह) २०७७ र रैथाने (हाइकु सङ्ग्रह) २०७७ को एकैसाथ विमोचन गरिएको हो ।

याक्थुङ् साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा गजलकार विवशवलिभद्र कोइरालाले विराशतको जोखना गजल सङ्ग्रह, फरक आयाम अभियान्ता साङ्सेन पञ्धाकले रेष्टुराँको सटरभित्र र दमक प्रज्ञा प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले रैथाने हाइकु सङ्ग्रह माथि समीक्षा गरे। भाषिक आन्दोलनका अभियान्ता अम्याङ्सा नाम्गेत लिम्बूवान र पोक्लावाङ् पत्रिकाको प्रकाशक÷प्रधान सम्पादक पनि हुन् ।

डेढदशकदेखि नेपाली तथा लिम्बू साहित्यमा सक्रिय अम्याङ्साका यसअघि संक्षिप्त किराँत इतिहास तथा आथरेहाङ् मुसाहाङ् लिम्बू वंशावली दस्तावेज र मुक्त (हाइकु सङ्ग्रह) २०७७ प्रकाशित छन् ।
 

प्रकाशित मिति: १४:२० बजे, बुधबार, वैशाख १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्