Kathmandu Press

‘मिसले सोध्नु भो’ बोलको गीत आउँदै, कांग्रेस प्रवक्ता शर्माको संगीतमा छोरीको स्वर 

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘मिसले सोध्नु भो’ बोलको गीत बजारमा ल्याउने भएका छन् ।आफ्नै छोरीको शब्द तथा स्वरमा सजिएको...
‘मिसले सोध्नु भो’ बोलको गीत आउँदै, कांग्रेस प्रवक्ता शर्माको संगीतमा छोरीको स्वर 

काठमाडौं, वैशाख १ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘मिसले सोध्नु भो’ बोलको गीत बजारमा ल्याउने भएका छन् ।

आफ्नै छोरी स्वीकृती शर्माको शब्द तथा स्वरमा सजिएको उक्त गीतमा शर्माले संगीत भरेका छन् । गीतलाई शर्माको आधिकारिक युटुब च्यानल मार्फत बिहिबार सार्बजनिक गर्न लागिएको हो ।

Hardik ivf

उपत्यकाको केहि बिधालयमै सुटिङ गरिएको म्युजिक भिडियोलाई नवल नेपालले निर्देशन गरेका हुन भने मनोहर सुनाम एरेन्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा गायिका शर्मा सहित गीता रिजाल, शारदा लुइँटेल ,गोपाल घिमिरे तथा बाल कलाकार अन्भेक्सा कटुवालको अभिनय देख्न सकिन्छ ।

गीतले जन्म दिने बाबा, आमा र शिक्षा दिने गुरुहरुको महत्वलाई झल्काएको छ । संगीत शिक्षक प्रभुराज ढकालको संगीतकि बिद्यार्थी समेत रहेकी गायिका शर्मा कक्षा १० मा अध्ययनरत छिन् । 
 

प्रकाशित मिति: ०७:५५ बजे, बुधबार, वैशाख १, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्