लिंगेपिङको मजा : डाँडामा पिङ, तल काठमाडौं सहर
‘सुरुमा पिङबाट तल हेर्दा आत्तिएँ, एक–दुई मिनेट खेल्दै जाँदा रमाइलो लाग्यो ।दशैंका बेला समथर ठाउँमा पिङ खेलिन्थ्यो, उचाइबाट पिङ खेल्दा हल्का डर लाग्ने रहेछ ।’काठमाडाैं, चैत ३० : नागार्जुन नगरपालिका–४हलचोक, भैरव मन्दिरमा १८ फिटकादुईवटा पिङ राखिएको छ । यहाँ पाँच मिनेट पिङ खेल्न एक व्यक्तिले एक सय ५० रुपैयाँको टिकट काट्नुपर्छ । पिङ राखेको स्थानबाट स्वयंम्भूसहित काठमाडौं सहर देखिन्छ । अझ पिङबाट काठमाडौं हेर्दा अर्कै आनन्द महसुस हुन्छ ।
आइतबार (चैत २२) साँझ यहाँ पिङ खेल्न सात–आठजना पालो पर्खिरहेका थिए ।२३ वर्षीया सिर्जना लामा भर्खरै पिङ खेलेर प्रफुल्लित मुद्रामा उभिइरहेकी थिइन् । ‘सुरुमा पिङबाट तल हेर्दा आत्तिएँ, एक–दुई मिनेट खेल्दै जाँदा रमाइलो लाग्यो,’ उनी अनुभव सुनाउँछिन्, ‘दशैंका बेला समथर ठाउँमा पिङ खेलिन्थ्यो, उचाइबाट पिङ खेल्दा हल्का डर लाग्ने रहेछ ।’ उनी पिङ खेल्नका लागि कीर्तिपुरदेखि साथीहरूसँग आएकी रहिछिन् ।
२५ वर्षीया शान्ता पौडेल पिङ खेल्ने पालो पर्खिरहेको थिइन् । उनको ध्यान भने डोरीमा रहेछ । पिर्कामा बसेर डोरी समाएर खेल्ने भए पनि सुरक्षा लागि खेल्नेको शरीरमा छुट्टै डोरी अड्काएको हुन्छ । तैपनि उनी भन्दै थिइन्, ‘पिङ खेल्दा डोरी चुँडिने हो कि भन्ने डर छ ।’
पिङ रहेको यो ठाउँ ‘सिंगल ट्री’ नामले पनि चर्चित छ । डाँडामा एउटा मात्र खरीको ठूलो रूख छ । त्यसैले ‘सिंगल ट्री’ भन्न थालिएकोस्थानीय बताउँछन् । स्थानीय ५४ वर्षीय रुद्रश्रेष्ठ भन्छन्, ‘खरीको रूख र मन्दिर धेरै पुरानो हो ।’डाँडामा हावा खाना र शीतल छहारीमा बस्नका लागिस्थानीयले रूख रोपेको भन्ने सुनिन्छ।’
एकान्त र शान्त डाँडो भएकाले यहाँदेखि वरपर नियाल्दा पनि रमाइलो अनुभव भएको निर्जला दाहाल बताउँछिन् । सामाजिक सञ्जालमा यस ठाउँ र पिङको फोटो देखेपछि सामाखुसीकी उनी यहाँ आएकी रहिछन् ।
पिङ खेल्ने व्यक्तिलाई सेफ्टी डोरी लगाउनेदेखि पिङ धकेल्नमा व्यस्त देखिन्थे, ४३ वर्षीय उद्धव मल्ल । उनी तीन महिनादेखि यहाँ कार्यरत छन् । उनले यहाँ पिङ खेलाउनेदेखि हरेक बिहान सेफ्टी डोरी र पिङको डोरी परीक्षण गर्ने गर्छन् । ‘डोरी परीक्षण गरेपछि हामी पिङ खेलाउँछौँ,’ उनी भन्छन् ।
अर्कोतर्फको पिङमा नवीन डिसी खटिएका थिए । उनी यहाँको पिङसँगै रिसोर्टमा पनि काम गर्छन् ।
यहाँ ‘काठमाडौँ स्काई भ्यु रिसोर्ट प्रालि’ले पिङराखेको हो । भ्यु रिसोर्ट सञ्चालक संगीता पाठक(कुँवर)का अनुसार यहाँ दैनिक सय जनाको हाराहारीमा पिङ खेल्ने आउँछन् । अन्य दिनभन्दा शनिबार दुई सयजना हुने उनले बताइन् । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न ५–६ महिनाअगाडि पिङ राखिएको संगीताबताउँछिन् ।
बारा कलैयामा जन्मे–हुर्केकी ४४ वर्षीया संगीताले १८ वर्षको उमेरमा लाजिम्पाट–३ का रामबहादुर कुँवरसँगमागी विवाह गरेकी हुन् । ‘पहिले पश्मिना व्यवसाय, हाइड्रोपावर, ट्राउन माछापालन गर्दै आइरहेका थियौँ,’संगीता भन्छिन्, ‘अहिले यहाँ रिसोर्ट सञ्चालन गर्दै छौँ ।’
पछि लाजिम्पाटको भीडभाडदेखि पर रमणीय ठाउँमा बसौँला भनी उनीहरुले २२-२३ वर्षअगाडि यहाँ ११ रोपनी जग्गा किनेका थिए । उनीहरू आफ्नो जग्गा हेर्न बेला–बेला आइरहन्थे । ‘यहाँ मानिसहरू खानेकुरा बोकेर बस्न आइरहेको देख्थ्यौँ,’ संगीता भन्छिन्,‘यो ठाउँ मन पराएर घुम्न आएको देखेपछिरिसोर्ट सञ्चालन गर्ने सोच बनायौँ ।’
उनीहरुले ४–५ वर्षअगाडि यहाँको ६ रोपनी जग्गामा आर्किटेक्चर ल्याएर आकर्षित डिजाइनमारिसोर्ट बनाउन थालेका थिए, जुन हालसम्म पूरा भएको छैन ।रिसोर्टका लागि आठ करोड रुपैयाँ बराबर खर्च भइसकेको छ । अब दुई करोड खर्च गरेमा पूर्ण डिजाइन अनुसारको रिसोर्ट बन्ने उनी बताउँछिन् । अहिले यहाँ १२ कर्मचारीले रोजगारी पाएका छन् । जिपलाइन र बालबालिका खेल्ने ठाउँ बनाइसकेपछि कर्मचारी थप्ने योजना छ ।
अहिले यहाँ काठमाडौं हेर्दै बस्न मिल्ने १५ वटा कोठा उपलब्ध रहेको उनी बताउँछिन् । ‘स्विट रुम, डिलक्स रुम र सामान्य रुम छन्,’उनले भनिन्, ‘एक दिनका लागि स्विट रुमको भाडा १० हजार, डिलक्स रुमको ६ हजार र सामान्य रुमको तीन हजार लाग्छ ।’
रिसोर्टभित्र स्विमिङ पुल, बार, मिटिङ हल पनि उपलब्ध छन् ।