Kathmandu Press

कार्बन उत्सर्जन भर्सेस कोभिड महामारी

कोरोना भाइरसका कारण भएको लकडाउन र सटडाउनको वर्षदिनपछि पनि ग्रिनहाउस ग्यासको विश्वव्यापी उत्सर्जन अझै निरन्तर बढिरहेको छ ।नेसनल ओसिएनिक एन्ड एटमस्फेरिक एडमिनिस्टे«सन (एनओएए)...
कार्बन उत्सर्जन भर्सेस कोभिड महामारी
Hardik ivfHardik ivf

कोरोना भाइरसका कारण भएको लकडाउन र सटडाउनको वर्षदिनपछि पनि ग्रिनहाउस ग्यासको विश्वव्यापी उत्सर्जन अझै निरन्तर बढिरहेको छ ।

नेसनल ओसिएनिक एन्ड एटमस्फेरिक एडमिनिस्टे«सन (एनओएए) को प्रारम्भिक मापनअनुसार विश्वव्यापी उत्सर्जन हुने कार्बनडाइअक्साइडको मात्रा विगत ३६ लाख वर्षयताकै सर्वाधिक हो । ग्रिनहाउस ग्यास मिथेन कार्बनडाइअक्साइडभन्दा २८ गुणा शक्तिशाली हुन्छ । जब सन् १९८३ मा यसको रेकर्ड राख्न सुरु गरिँदा मिथेन ग्यासको वार्षिक उत्सर्जनमा वृद्धि भएको देखिन थालेको हो ।

यो निराशाजनक आँकडा विश्वभरका विभिन्न स्थानबाट गणना गरिन्छ । संकलित तथ्यांकले भविष्यको भयानक अवस्था चित्रण गर्छन् ।

गत वर्ष ग्रिन हाउस ग्यास उत्सर्जनमा छोटो र द्रुत गिरावट देखिएको थियो । सन् २०२० मा विश्वव्यापी सतहमा कार्बनडाइअक्साइको औसत उत्सर्जन ४१२.५ प्रतिमिलियन (पीपीएम) भएको देखिएको छ  । यो उत्सर्जन एनओएएको ६३ वर्षको रेकर्डमा देखिएको पाँचौँ ठूलो वृद्धि हो ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण अर्थतन्त्र प्रभावित नभएको भए गत वर्ष कार्बन उत्सर्जन उच्च देखिने विज्ञहरूको मत छ । ‘मानव गतिविधिले मौसम परिवर्तनलाई प्रभावित पारेको छ,’ एनओएए ग्लोबल मनिटरिङ ल्याबका उपनिर्देशक कोलम स्विनी भन्छन्, ‘यदि हामी सबैभन्दा खराब प्रभावलाई कम गर्न चाहन्छौँ भने जैविक इन्धनको उत्सर्जन शून्यनजिक पु¥याउने उद्देश्यमा ध्यान केन्द्रित गर्न जरुरी छ । र, त्यसपछि पनि हामीले वायुमण्डलबाट ग्रिन हाउस ग्यास हटाउने उपाय खोज्नु आवश्यक छ ।’

त्यसका लागि व्यक्तिगत मात्र नभई अर्थव्यवस्थाका सबै प्रमुख क्षेत्रमा सामूहिक र निरन्तर संरचनात्मक सुधारको आवश्यक पर्ने उनी बताउँछन् ।

व्यक्तिगत विकल्प मुख्य विषय होइन

हालैको एक अध्ययनले गरेको पूर्वानुमानअनुसार सन् २०३० सम्म कोरोना भाइरस लकडाउनले यो ग्रहलाई केवल ०.०१ डिग्री सेल्सियसले शीतल बनाउने देखाएको छ । त्यो नगण्य भिन्नता हो र अझै केही राम्रा समाचार छन् । यदि हामीले हाम्रो अर्थतन्त्रको पुनप्र्राप्तिीाई ग्रिन ऊर्जामा भएको भारी लगानीसँग जोड्यौँ भने यसले जैविक इन्धन लगानीमा कटौती ल्याउने सम्भावना रहन्छ । अध्ययनमा सहभागीहरूले सन् २०५० सम्म हामीले ०.३ डिग्री सेल्सियस तापक्रम घटाउन सकिने तथ्य पत्ता लगाएका छन् ।

यद्यपि, यो परिवर्तनका लागि वाणिज्य र व्यक्तिगत यातायातमा मात्र गरिने परिवर्तन काफी छैन । सन् २०२० मा यातायात क्षेत्रले सीमित विश्वव्यापी कदमका कारण उत्सर्जनमा नाटकीय रूपमा गिरावट देख्यो । त्यससँगै उड्डयन क्षेत्रको गतिविधिमा ७५ प्रतिशतसम्म गिरावट आयो ।

मानिसले विश्वव्यापी उत्सर्जनमा भएको सम्भावित गिरावटको समाचारका कारण उत्सव मनाइरहेका थिए । तर, उडानलाई प्रायः व्यक्तिगत ‘कार्बन फुटप्रिन्ट’ का लागि सबैभन्दा ठूलो योगदानकर्ता भनिए पनि यो संकुचित धारणाले ठूला प्रणालीगत कारकहरूको लेखा राख्न असफल भएको छ ।

भोलि नै उड्डयन उद्योग पूर्ण रूपमा बन्द भए पनि यसले सामूहिक कार्बन उत्सर्जनलाई २.५ प्रतिशतले मात्र कम गर्ने थियो । यद्यपि, यसको जलवायु परिवर्तनमा समग्र प्रभाव एक प्रतिशत वा त्यसभन्दा बढी हुन सक्छ । यो समग्र कार्बन उत्सर्जनको सानो हिस्सा हो । यो परिवर्तन महसुस गर्दै गर्दा हाम्रो ध्यान अझ बढी कार्बन उत्सर्जन घटाउन केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।

गत वर्ष विश्वव्यापी महामारीले ल्याएको आर्थिक मन्दीले कार्बन उत्सर्जन सात प्रतिशतले घट्ने अनुमान गरिएको थियो । तर, त्यो अनुमान सत्य सावित भएन ।

स्पष्ट छ– हवाई र स्थल यात्रामा भएको एक संक्षिप्त अन्तराल (जो २०२०मा उत्सर्जनमा आएको कमीको करिब आधा हिस्साको जिम्मेदार छ) जलवायु परिवर्तनको दीर्घकालीन मार्गमा प्रभाव पार्न पर्याप्त छैन ।

अर्कोतर्फ विद्युत र ऊर्जा उत्पादन विश्वव्यापी तापमान वृद्धिमा सबैभन्दा ठूलो कारक हो, जो २०१० को विश्वव्यापी ग्रिन हाउस उत्सर्जनको करिब २५ प्रतिशत हो । गत वर्ष लकडाउनका क्रममा विद्युत प्रयोगमा १५ प्रतिशतले कमी आएको थियो र आवासीय क्षेत्रमा विद्युत प्रयोगमा थोरै वृद्धि भएको थियो ।

‘गत वर्षको अन्त्यतिर विश्वव्यापी कार्बन उत्सर्जनमा भएको परिवर्तनले विश्वव्यापी रूपमा स्वच्छ ऊर्जा रूपान्तरणको गति बढाउन पर्याप्त मात्रामा काम भइरहेको छैन भन्ने चेतावनी दिन्छ,’ अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईए) का कार्यकारी निर्देशक फाती बिरोलले भने, ‘मार्च २०२० मा आईएले दिगो सुधार सुनिश्चित गर्न सरकारलाई उनीहरूको आर्थिक उत्प्रेरणा योजनामा स्वच्छ ऊर्जा दिन आग्रह गरेको छ । तर, हाम्रो संख्याले हामी सामान्य रूपमा गहन कार्बन व्यापारमा फर्किँदैछौँ भन्ने देखाउँछ ।’

उद्योग, कृषिका साथमा वन फँडानी र अन्य भूमि परिवर्तनका क्षेत्रहरूमा उल्लेखनीय रूपमा उत्सर्जनमा कमी ल्याउन जरुरी छ, जुन मिथेन ग्यासको स्तरले स्पष्ट रूपमा प्रमाणित गरेको छ ।

मिथेन ग्यास पशुपालनबाट पुनर्उत्पादनको रूपमा निस्किन्छ । तर, यो ग्यास आर्द्रभूमि, दलदल क्षेत्र र टुन्ड्रामा रहेको जैविक पदार्थको क्षयबाट पनि निस्कन्छ । तेल र ग्यास उत्पादनजस्ता थर्मोजेनिक स्रोतहरू यस शक्तिशाली ग्रिनहाउस ग्यासको प्राथमिक कारकका रूपमा देखापर्दैनन्, जसले हामीलाई जैविक इन्धनको खपतलाई रोक्न मात्र नभई त्यसभन्दा बढी उपाय अपनाउनुपर्ने आवश्यकता रहेको सुझाउँछ ।

‘यद्यपि, वृद्धि भएको जैविक उत्सर्जन, मिथेन ग्यासको स्तरमा भएको वृद्धिका लागि पूर्ण रूपमा जिम्मेवार नहुनसक्छ । तर, जैविक मिथेन उत्सर्जनलाई कम गर्नु भनेको जलवायु परिवर्तनलाई कम गर्ने दिशामा महत्त्वपूर्ण कदम चाल्नु हो,’ रसायनशास्त्री एड डलुगोकेन्स्की भन्छन् ।

मानिसले अप्रत्यासित रूपमा घरमा बस्ने निर्णय गरे पनि, कम सवारी चलाए पनि, कम उडानको प्रयोग गरे पनि र कम खपत गर्दा पनि यसले समाधान दिँदैन । किनकि, सन् १९८८ देखि उत्सर्जनको ७१ प्रतिशतभन्दा बढी हिस्सा केवल सय कम्पनीले ओगटेका छन् । यो तिनीहरूको प्रणालीका कारण भइरहेको छ । यी कम्पनीले त्यही प्रणालीमा परिवर्तन ल्याउन जरुरी छ ।

साइन्स अलर्ट डट कमबाट
 

प्रकाशित मिति: ०७:०९ बजे, आइतबार, चैत २९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्