केयूमा पुनः अनलाइन क्लास
काठमाडौं, चैत २६ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन कक्षा सुरु गरेको छ।देशभर कोराना संक्रमण बढेपछि केयूले बिहीबारदेखि स्कूल...
काठमाडौं, चैत २६ : कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौं विश्वविद्यालयले पुनः अनलाइन कक्षा सुरु गरेको छ।
देशभर कोराना संक्रमण बढेपछि केयूले बिहीबारदेखि स्कूल अफ साइन्स र इन्जिनियरिङ अन्तर्गतका सबै कार्यक्रमहरुको पढाइ अनलाइनमार्फत् गर्ने निर्णय गरेको हो ।
केयूले विज्ञप्ति निकाल्दै स्कूल अफ साइन्स र इन्जिनियरिङको चैत २६ देखि वैशाख मसान्तसम्मको पढाई अनलाइनमार्फत हुने जनाएको छ। सो अवधिमा स्कुल तथा विभागीय प्रशासनहरु सुचारु हुने र अनुसन्धान तथा प्रोजेक्टका कार्यहरु सम्बन्धित प्रमुखहरुको निर्णय बमोजिम गर्न सकिने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: १०:३४ बजे, बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
