पत्रकार महासंघ निर्वाचन : विपुल पोख्रेल नेतृत्व प्यानलको अग्रता
काठमाडौं, चैत्र २६ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । केही जिल्लाको...
काठमाडौं, चैत्र २६ : नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा अध्यक्षमा विपुल पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको छ ।
केही जिल्लाको गणना सकिँदा र केहीमा चलिरहँदा अध्यक्षमा पोख्रेल नेतृत्वको प्यानलले अग्रता लिएको हो । सबैभन्दा धेरै मतदाता भएको काठमाण्डौसहित प्रतिष्ठान र केही जिल्लामा मतगणना चलिरहेको छ ।
केही जिल्लामा आज बिहानदेखि मतगणना सुरु हुने र केहीको भने मतपरिणाम आइसकेको निर्वाचन समितिले जनाएको छ । केन्द्रीय अध्यक्षमा पोख्रेलसहित निर्मला शर्मा र गजेन्द्र बुढाथोकीको उमेदवारी रहेको छ ।
प्रकाशित मिति: ०७:३२ बजे, बिहीबार, चैत २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
