Kathmandu Press

कांग्रेसले निर्णय दियो, अब जसपातिर लाग्छौँः नारायणकाजी

२८ फागुन ०७४ को कोर्स बेग्लै थियो, जतिबेला पार्टी एकता भएको थिएन, हामी दुई पार्टी थियौँ । ३ जेठ ०७५ मा माओवादी केन्द्र र एमालेबीच एकता भएपछि त्यो कोर्स टुंगियो । त्यसपछि पनि यो सरकारमा हामी थियौँ । २३ फागुनमा अदालतले पार्टी विभाजन गरेपछि हामीले यो सरकारलाई समर्थन दिएका छैनौँ ।
कांग्रेसले निर्णय दियो, अब जसपातिर लाग्छौँः नारायणकाजी

काठमाडौं, चैत २१ : प्रमुख प्रतिपक्षी दल कांग्रेसले शुक्रबार राति प्रधानमन्त्रीको राजिनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि अग्रसरता लिने निर्णय लिएपछि बल अब माओवादी केन्द्र र जसपाको कोर्टमा पुगेको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसको निर्णय आइसकेको सन्दर्भमा अब जसपासँग वार्ता अगाडि बढाइने बताए ।

‘पहिले कांग्रेसमा केन्द्रित भएका थियौँ, कांग्रेसको निर्णय आयो । अब हामी जसपासँग वार्ता अगाडि बढाउँछौँ,’ काठमाडौं प्रेससँग कुरा गर्दै श्रेष्ठले भने, ‘अब जसपालाई निर्णय गराउँछौँ, त्यसपछि ओली सरकारलाई फाल्छौँ ।’

सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई समर्थन नै नदिएको श्रेष्ठको भनाइ छ ।

‘२८ फागुन ०७४ को कोर्स बेग्लै थियो, जतिबेला पार्टी एकता भएको थिएन, हामी दुई पार्टी थियौँ । ३ जेठ ०७५ मा माओवादी केन्द्र र एमालेबीच एकता भएपछि त्यो कोर्स टुंगियो । त्यसपछि पनि यो सरकारमा हामी थियौँ,’ श्रेष्ठले भने, ‘२३ फागुनमा अदालतले पार्टी विभाजन गरेपछि हामीले यो सरकारलाई समर्थन दिएका छैनौँ । त्यसैले समर्थन फिर्ता लिने भन्ने कुरै होइन ।’

माओवादी केन्द्रले प्रधानमन्त्रीको राजिनामा मागिरहेको उनले बताए । ‘२३ फागुनपछि यो सरकारलाई हाम्रो समर्थन थिएन र छैन पनि,’ उनले भने, ‘नयाँ सरकार गठनका लागि जसपातिर वार्ता केन्द्रित गर्छौँ ।’

 

प्रकाशित मिति: १२:१९ बजे, शनिबार, चैत २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्