Kathmandu Press

छ सयले घट्यो सुनको मूल्य

काठमाडौं, चैत १३ : हप्ताको अन्तिम दिन आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ८६ हजार तीन सय...
छ सयले घट्यो सुनको मूल्य
Hardik ivfHardik ivf

काठमाडौं, चैत १३ : हप्ताको अन्तिम दिन आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । सुनको मूल्य आज तोलामा ८६ हजार तीन सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

समग्रमा भने यो हप्ता सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलामा ८७ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ८६ हजार तीन सय रुपैयाँ पुगेको हो । आइतबार ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार दुई सय रुपैयाँले घटेको  थियो । मंगलबार फेरि तोलामा तीन सय रुपैयाँले घटेर सुनको मूल्य ८६ हजार सात सय रुपैयाँमा झरेको थियो ।

यो मूल्य बुधबार कुनै घटबढ भएन । तर हिजो भने तोलामा दुई सय रुपैयाँले बढेर ८६ हजार ९ सय रुपैयाँमा पुगेको थियो । यो मूल्यमा फेरि आज ६ सय रुपैयाँले घटेको हो ।

यस्तै यो हप्ता चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन तोलाको १२ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य आज अन्तिम दिन १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, चैत १३, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्