Kathmandu Press

सोमबार २४ अंकले घटेको नेम्से मंगलबार १४ अंकले बढ्यो, साल्ट ट्रेडिङमा लगानीकर्ताको आकर्षण

काठमाडाैं, चैत १० : सोमबार २४ अंकले घटेको नेम्से परिसूचक मंगलबार १४ अंकले बढेको छ। सोमबार २४.०८ अंकले घटेको नेम्से परिसूचक मंगलबार १४.५७...
सोमबार २४ अंकले घटेको नेम्से मंगलबार १४ अंकले बढ्यो, साल्ट ट्रेडिङमा लगानीकर्ताको आकर्षण
Hardik ivfHardik ivf

काठमाडाैं, चैत १० : सोमबार २४ अंकले घटेको नेम्से परिसूचक मंगलबार १४ अंकले बढेको छ। सोमबार २४.०८ अंकले घटेको नेम्से परिसूचक मंगलबार १४.५७ बिन्दुले बढेर दुई हजार पाँच सय २८.९५ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०९ बिन्दुले बढेर चार सय ४८.८९ मा पुगेको छ।

मंगलबार दुई सय ८ कम्पनीको एक करोड दुई लाख ७६ हजार ७१० कित्ता शेयर पाँच अर्व १४ करोड १८ लाख ९७ हजार एक सय ६९ रुपैयाम किनबेच भयो । आजको कारोबारपछि बजार पूँजीकरण ३४ खर्ब ९२ अर्ब ५९ करोड १४ लाख ८० हजार रुपैयाँ बराबर पुगेको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर उकालो लाग्दा ६ उपसमूहको शेयर घटेका छन् । बैंकिङ ६.६८, विकास बैंक ६.०५, वित्त ७.७४, उत्पादन ४२.३३, अन्य ११.४१ र जीवन बीमा ९८.७८ बिन्दुले घटेको छ भने व्यापार ३४६.४६, होटल तथा पर्यटन १५५.५, जलविद्युत् १२९.८४, निर्जीवन बीमा १७४.०४, लघुवित्त ६९, सामूहिक लगानी कोष ०.०२ र लगानी उपसमूह १.०३ ले बढेको छ ।

कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ । सो कम्पनीको सोमबार ५२ करोड ६० लाख ९४ हजार पाँच सय ७२ रुपैयाँको बराबरको शेयर कारोबार भयो।

यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ३२ करोड ८१ लाख ५५ हजार सात सय ७४, नेपाल बंगलादेश बैंक २८ करोड ७१ लाख छ हजार तीन सय दुई, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १५ करोड ५७ लाख १३ हजार तीन सय ८४, रसुवागढी हाइड्रोपावर १३ करोड ७४ लाख ८० हजार सात सय ४७, साल्ट ट्रेडिङ कर्पोरेशन १२ करोड ५८ लाख ९९ हजार पाँच सय ४९ रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, निर्धन उत्थान लघुवित्त १२ करोड ४४ लाख ८३ हजार आठ सय ४८, मेरो माइक्रोफाइनान्स ११ करोड ८७ लाख १६ हजार नौ सय ११, शिखर इन्स्योरेन्स १० करोड ७६ लाख १४ हजार तीन सय ३६ र अरुण काबेली पावर १० करोड ४६ लाख ८६ हजार छ सय ९७ रुपैयाँ बराबरको कारोबार भयो ।

कारोवारका आधारमा आज साल्ट ट्रेडिङको सेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै, चन्द्रागिरि हिल्स ९.९८, रसुवागढी हाइड्रोपावर ९.९७, कालिका पावर कम्पनी ९.९६, साञ्जेन जलविद्युत् कम्पनी ९.९४, बोमी माइक्रोफाइनान्स ९.९३, माथिल्लो तामाकोशी ९.९२, रैराङ हाइड्रोपावर ९.८९, सूर्योदय लघुवित्त ८.३५ र माहुली सामुदायिक लघुवित्तका लगानीकर्ताले ६.०३ प्रतिशतले कमाए ।

पञ्चकन्या माई हाइड्रोपावर ४.१५, सप्तकोशी डेभलपमेन्ट बैंक ३.६१, हिमालयन पावर पार्टर ३.१३, अरुण भ्याली हाइड्रोपावर २.६९, यूनाइटेड फाइनान्स २.०९, यूनिलिभर नेपाल १.९९, गुहेश्वरी मर्चेन्ट बैंकका लगानीकर्ताले १.८३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति: १८:१३ बजे, मंगलबार, चैत १०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्