Kathmandu Press

भदौ ९ गतेदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

आन्दोलन अन्तर्गत पहिलो चरणमा स्थानीय तह, राजनीतिक दल, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई आफ्ना मागहरू जानकारी गराउने, ध्यानाकर्षण दिने र त्यसपछि पनि मागहरू पूरा नभए भदौ २१ गतेदेखि निषेधात्मक निर्णायक आन्दोलन गर्ने तयारी महासंघको छ।
भदौ ९ गतेदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं, भदौ ६ : नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाएको छ। महासंघले विधेयकमा असन्तुष्टी जनाउँदै भदौ ९ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको छ। 

पूर्वसहमतिबमोजिम शिक्षा क्षेत्रका समस्या समाधान गर्ने गरी विधेयक ल्याउनुपर्नेमा त्यस्तो नभएको भन्दै महासंघले आन्दोलनको घोषणा गरेको हो।

आन्दोलन अन्तर्गत पहिलो चरणमा स्थानीय तह, राजनीतिक दल, शिक्षामन्त्री र प्रधानमन्त्रीलाई आफ्ना मागहरू जानकारी गराउने, ध्यानाकर्षण दिने र त्यसपछि पनि मागहरू पूरा नभए भदौ २१ गतेदेखि निषेधात्मक निर्णायक आन्दोलन गर्ने तयारी महासंघको छ।

विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बिहीबार पारित गरेको थियो। 

बिहीबारदेखि निजी विद्यालय सञ्चालकहरूले आन्दोलन सुरू गरिसकेका छन् ।

प्रकाशित मिति: १३:१४ बजे, शुक्रबार, भदौ ६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्