सशस्त्र प्रहरीमा जागिरको अवसर
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।
काठमाडौं, भदौ ६ : सशस्त्र प्रहरी बलले नयाँ जनशक्ति भर्ना गर्न आवेदन खुला गरेको छ ।
सशस्त्र प्रहरी जवान र सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदमा नयाँ भर्ना खोलेको हो । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, मानवस्रोत विभागले आज आवेदनका लागि एक महिनाको समयावधि तोकेर नयाँ भर्नाका लागि आवेदन खुला गरेको हो ।
जवानमा ७८६, भान्छेमा १६ कूचिकारमा १०, सूचिकारमा १३, केशकर्तकमा १० र चर्मकर्मीमा १ जना भर्ना गर्ने गरी आवेदन खुला गरिएको हो ।
प्रकाशित मिति: ०९:०२ बजे, शुक्रबार, भदौ ६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-ink-1744291933.jpeg)