Kathmandu Press

छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान

जुम्ला, फागुन २५ : सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ ।      नर्सिङ,...
छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान
Hardik ivfHardik ivf


जुम्ला, फागुन २५ : सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ ।  
    
नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्ने कार्यालय प्रमुख बलवीर सुनारले जानकारी दिए ।
    
प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ देखि सो कार्यक्रम अघि सारेको हो ।  एक जनालाई ६६ हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने कार्यालयले जनाएको छ ।  कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयवासी भगवती चौलागाईंले जानकारी दिइन् । 
    
 

प्रकाशित मिति: १४:५७ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्