Kathmandu Press

अफगानिस्तानले नयाँ दिल्लीको राजदूतावास बन्द गर्‍याे

अफगानिस्तानले नयाँ दिल्लीको राजदूतावास बन्द गर्‍याे
Hardik ivfHardik ivf

काठमाडौं,मंसिर ८ : अफगानिस्तानले भारतको राजधानी नयाँ दिल्लीमा रहेको आफ्नो दूतावास स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।

नयाँ दिल्लीमा रहेको आफ्नो कूटनीतिक नियोग बन्द गर्ने बारे आधिकारिक विज्ञप्ति जारी गर्दै अफगान दूतावासले भारत सरकारको निरन्तर चुनौतीका कारण नोभेम्बर २३, २०२३ देखि दूतावास बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ। 

मिसनको सामान्य सञ्चालनका लागि भारत सरकारको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने आशामा यो कदम चालिएको पनि जनाइएको छ।
अफगान दूतावासका अनुसार अगस्ट २०२१ देखि भारतमा अफगानीहरूको संख्या आधा भएको छ। यस अवधिमा धेरै सीमित नयाँ भिसा जारी गरिएको थियो।

नयाँ दिल्लीस्थित अफगान दूतावास अपदस्थ अफगान राष्ट्रपति असरफ घानीको अघिल्लो सरकारले नियुक्त गरेको कर्मचारीको सहयोगमा भारतीय अधिकारीहरूको अनुमतिमा चलाइएको थियो। यद्यपि, भारतले अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबान सरकारलाई मान्यता दिएको छैन।

भारतले दुई वर्षअघि अफगानिस्तानबाट आफ्ना कर्मचारी फिर्ता गरेको थियो। त्यसपछि अफगानिस्तानमा भारतीय कूटनीतिज्ञको उपस्थिति छैन।  संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार भारतमा दर्ता भएका करिब ४० हजार शरणार्थीमध्ये एक तिहाइ अफगानी छन्। तर, त्यो संख्यामा संयुक्त राष्ट्र संघमा दर्ता नभएकाहरूलाई समावेश गरिएको छैन।
 

प्रकाशित मिति: ११:५७ बजे, शुक्रबार, मंसिर ८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्