Kathmandu Press

प्रिमियर लिगमा चौथो स्थानमा उक्लियो चेल्सी 

काठमाडौं, फागुन २५ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक...
प्रिमियर लिगमा चौथो स्थानमा उक्लियो चेल्सी 
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २५ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे । एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । जितसँगै चेल्सी लिगको चौंथो स्थानमा उक्लिएको छ । चेल्सीले २८ खेलबाट ५० अंक भएको छ ।

यस्तै गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेडले लिड्स युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको छ । लिगमा म्यानचेस्टर सिटी ६५ अङ्कसहित शीर्ष स्थानमा रहेको छ भने म्यानचेस्टर युनाइटेड ५४ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

लेस्टर सिटी ५३ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: ०७:०२ बजे, मंगलबार, फागुन २५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्