Kathmandu Press

सपोर्ट लघुवित्तको छैटौं साधारण सभा चैत २० गते

काठमाडौं, फागुन २४ : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं साधारण सभा चैत २० गते इटहरीमा हुने भएको छ।संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको...
सपोर्ट लघुवित्तको छैटौं साधारण सभा चैत २० गते
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २४ : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको छैटौं साधारण सभा चैत २० गते इटहरीमा हुने भएको छ।

संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सुनसरीको इटहरी उपमहानगरपालिका-४ स्थित होटल इस्टर्न प्यालेसमा चैत २० गते बिहान ९ बजे साधारण सभा सुरु गर्ने निर्णय गरेको हाे । बैठकले चैत ६ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णयसमेत गरेको छ।

साधारण सभामा आव २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने, २०७७ असार मसान्त सम्मको वासलात प्रस्तुत गर्नेलगायत सामान्य प्रस्ताव र पैबन्धपत्र तथा नियमावली संशोधन, अन्य वित्तिीय संस्थासँग मर्ज, सञ्चालक समित बैठक भत्ता, सञ्चार खर्च वृद्धिलगायत विशेष प्रस्तावमा छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: १३:०३ बजे, सोमबार, फागुन २४, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्