Kathmandu Press

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

काठमाडौं, फागुन २१ : एसिड आक्रमणमा परेकी मुस्कान खातुनले अमेरिकाको प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी छिन् । अमेरिका सरकारले मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)...
मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार
मुस्कान खातुन ।
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २१ : एसिड आक्रमणमा परेकी मुस्कान खातुनले अमेरिकाको प्रतिष्ठित पुरस्कार प्राप्त गरेकी छिन् । अमेरिका सरकारले मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने भएको हो ।

तेजाब आक्रमणपछि मुस्कानले गरेको साहसका लागि यो पुरस्कार प्रदान गर्न लागिएको हो । ८ मार्चमा हुने एक भर्चुअल कार्यक्रमबीच अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले मुस्कानलाई ‘अन्तर्राष्ट्रिय साहसी महिला’ पुरस्कार प्रदान गर्ने छन्।

१५ वर्षअघि स्थापना भएको आईडब्ल्यूओसी पुरस्कार प्रत्येक वर्ष ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका महिलालाई प्रदान गर्ने गरिन्छ। यो अवार्ड पाकिस्तानकी किशोरी मलाला युसुफजईले पनि प्राप्त गरिसकेकी छिन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि २०७६ मा वीरगञ्जमा एसिड आक्रमण भएको थियो । उनको अनुहार, छाती र हातमा गहिरो चोट लागेको थियो।

‘मुस्कानले एक दुखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्,’ नेपालस्थित अमेरिकी दुतावासले जारी गरेको प्रेस विज्ञप्तिम भनिएको छ, ‘ उनले प्रधानमन्त्री केपी ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।’

यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण रहेको र उनको समर्थन र नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दुवातासले जनाएको छ।

प्रकाशित मिति: १०:२७ बजे, शुक्रबार, फागुन २१, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्