Kathmandu Press

रुपन्देहीको विद्यालयलाई भारतको सवा चार करोड

काठमाडौं, फागुन २० : रुपन्देहीको एक विद्यालयलाई भवन निर्माणका लागि भारतले चार करोड २० लाख रुपैयाँ सहयोग दिने भएको छ।काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ......
रुपन्देहीको विद्यालयलाई भारतको सवा चार करोड
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २० : रुपन्देहीको एक विद्यालयलाई भवन निर्माणका लागि भारतले चार करोड २० लाख रुपैयाँ सहयोग दिने भएको छ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माविको नयाँ भवन निर्माणका लागि उक्त रकम उपलब्ध गराइन लागेको हो।

त्यससम्बन्धी सम्झौतामा बिहीबार दूतावासमा हस्ताक्षर भएको छ। समारोहमा दूतावास, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र उपमहानगरपालिकाका अधिकारीहरू उपस्थित थिए।
 

प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, फागुन २०, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्