Kathmandu Press

सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेकाे स्पष्टाेक्ति

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पत्ति छानबिन गर्ने र आफन्तको नाममा राखिएको सम्पतीबाट भएपनि रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्ने उनले बताए।
सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने गृहमन्त्री लामिछानेकाे स्पष्टाेक्ति

काठमाडाैं, वैशाख १४ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका छन्।

शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानुन निर्माण गरी तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारबाही गर्ने स्पष्ट पारेका हुन्।

Hardik ivf

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पत्ति छानबिन गर्ने र आफन्तको नाममा राखिएको सम्पतीबाट भएपनि रकम फिर्ता गर्ने अवस्था सिर्जना गर्ने उनले बताए।

उनले सहकारी प्रकरणमा निकै मेहनत गरिरहेको भन्दै फरार सहकारी सञ्चालकलाई समेत छिछै कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाए। अनेकौ आरोप खेपेर भएपछि सहकारी प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भन्दै उहाले प्रतिवेदनका आधारमा समाधान खोज्ने क्रम सुरु भएको धारणा राखे।

सहकारी समस्या समाधान गर्न सरकारले फास्ट ट्रयाकमा काम गर्ने निर्णय गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिन सहकारी पीडितहरु सिंहदरबार पुगेका थिए।  

प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्