Kathmandu Press

भ्रष्टाचार आरोपमा गाउँपालिका उपाध्यक्ष खातुनसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर संजय कुमार मंडललाई प्रतिबादी कायम गर्दै भ्रष्टाचारमा कारबाही गर्न माग गरेको छ।
भ्रष्टाचार आरोपमा गाउँपालिका उपाध्यक्ष खातुनसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा  

काठमाडौं, वैशाख १४ : सडक ढलान गर्न विनियोजन भएको रकममा हानिनोक्सानी पुर्‍याएको आरोपमा महोत्तरीको एकडारा गाउँपालिकाकाकी उपाध्यक्ष महजबी खातुनसहित ६ जना उपर शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष खातुनसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौँ) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सबइन्जिनियर संजय कुमार मंडललाई प्रतिबादी कायम गर्दै भ्रष्टाचारमा कारबाही गर्न माग गरेको छ।

Hardik ivf

अख्तियारले गुणस्तर सम्बन्धी मापदण्ड अनुसार काम नगरी ८ लाख ६५ हजार एक सय ४५ रुपैयाँ भुक्तानी गरेको दाबी अख्तियारको छ। उनीहरुविरुद्ध उक्त रकम बराबरको बिगो असुल गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप कारबाही गर्न मागदाबी लिइएको छ।

एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको दाबी अख्तियारको छ। यस्तै, श्री जानकी कन्सट्रक्शनका प्रोपराइटर राकेश कुमार रायले समेत गलत नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको आधारमा भुक्तानी लिएको पाइएको भन्दै अख्तियारले उनलाई समेत आठ लाख पैंसठ्ठी हजार एक सय पैंतालीस रुपैयाँ बिगो कायम गरेर आरोपपत्र दायर गरेको छ। 

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, वैशाख १४, २०८१
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्