Kathmandu Press

ट्रक, कार र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, चार घाइते

झापा, फागुन १९ :  झापाको सुरुङ्गामा तीनवटा सवारी साधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।बुधबार कनकाई...
ट्रक, कार र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, चार घाइते

झापा, फागुन १९ :  झापाको सुरुङ्गामा तीनवटा सवारी साधन एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

बुधबार कनकाई नगरपालिका ४ सुरुंगास्थित कोटिहोम नजिक ट्रक, कार र मोटरसाइकल एक आपसमा ठोक्किएका हुन्। दुर्घटनामा कार चालक सुनसरीको धरान उपमहानगरपालिका १६ का २८ वर्षीय दीपक क्षेत्री र कारमा सवार सोलुखुम्बुको पासाङ गाउँपालिका १ का ३० वर्षीय दिलीप राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

दुर्घटनामा ६ जना घाइते भएका थिए। उनीहरुमध्ये दीपक र दिलीपको उपचारका क्रममा विर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको हो।

प्रहरीका अनुसार कोटी होम नजिकै प्रदेश १–०४–००१ च ०१६७ नम्बरको कार, प्रदेश १–०१३ प १७८३ नम्बरको मोटरसाइकल र ग्यास बोकेको ट्रक एक आपसमा ठोक्किँएका हुन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको १ ख १६८४ नम्बरको ग्याँस बोकेको ट्रकले उछिन्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको कार र मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।

दुर्घटनामा कारमा सवार चार र मोटरसाइकलमा सवार दुई गरी ६ जना घाइते भएका थिए। त्यसमध्ये कारमा सवार दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते हुनेमा कारमा सवार ३० वर्षीया अन्जु मगर, ३० वर्षीय सुरेश मगर, मोटरसाइकल चालक झापाको शिवसताक्षी नगरपालिका २ का ३९ वर्षीय ज्ञानबहादुर कसाई र ३० वर्षीया सोनम श्रेष्ठ रहेको प्रवक्ता थापाले बताए। घाइतेहरुको बीएन्डसी अस्पताल उपचार भइरहेको छ।

प्रकाशित मिति: १९:४० बजे, बुधबार, फागुन १९, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्