ब्राउनसुगरसहित दुई जना पक्राउ
झापा, फागुन १९ : झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।प्रहरीले पाँचथर आङ्ना–४ घर भई हाल झापा...
झापा, फागुन १९ : झापा मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो।
खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम ब्राउनसुगरसहित लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०९:४० बजे, बुधबार, फागुन १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार