Kathmandu Press

भारत बढ्दैछ कोरोना ग्राफ, २२ राज्यका १४० जिल्लामा संक्रमण

काठमाडौं, फागुन १८ : भारतमा पुनः कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। अहिले भारतका २२ राज्यका १४० जिल्लामा कोरोना संक्रमण देखिएको छ ।...
भारत बढ्दैछ कोरोना ग्राफ, २२ राज्यका १४० जिल्लामा संक्रमण

काठमाडौं, फागुन १८ : भारतमा पुनः कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ। अहिले भारतका २२ राज्यका १४० जिल्लामा कोरोना संक्रमण देखिएको छ । र, त्यहाँ संक्रमणको दर तीव्र रुपमा बढिरहेको छ।

कोरोनाको सबैभन्दा बढी असर महाराष्ट्रमा देखिएको छ । महाराष्ट्रका ३६ जिल्लामा सोमबार मात्र छ हजार तीन सय ९७ संक्रमित थपिएका थिए भने ३६ जनाको मृत्यु भएको थियो। अहिलेसम्म महाराष्ट्रमा २१ लाख ६१ हजार चार सय ६७ संक्रमित भएका छन् भने सक्रिय संक्रमितको संख्या ७७ हजार छ सय १८ छ।

Hardik ivf

यस्तै, केरलका ९, तमिलनाडुका ७, पञ्जाब र गुजराजका ६–६ जिल्लामा कोरोनाको संक्राण देखिएको छ। केरलामा सोमार एक हजार ९ सय ३८ नयाँ संक्रमित थपिएका थिए भनेृ १३ जनाको मृत्यु भएको थियो। 

सोमबार मात्रै भारतमा ११ हजार पाँच सय ६३ जनामा कोरोना संक्रमण देखिएको जनाएको थियो। ११ हजार नौ सय ९० जना निको भर घर फर्किका थिए भने ९० जनाको मृत्यु भएको थियो। सक्रिय संक्रमित धेरै हुनेका सूचीमा भार १३औं स्थानमा छ । भारतमा अहिले १ लाख ६५ हजार लाख सक्रिय संक्रमित छन्।

अहिलेसम्म भारतमा १ करोड ११ लाख जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एक करोड सात हजारजना निको भइसकेका छन् भने १ लाख ५७ हजारको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: ११:१९ बजे, मंगलबार, फागुन १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्