Kathmandu Press

बाघको आक्रमणबाट एकको मृत्यु 

बर्दिया,फागुन १८ : सोमबारदेखि हराइरहेका बर्दिया राजापुर लालबहादुर चौधरी मृत भेटिएका छन् । भैंसी चराउन गएका उनी साँझसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो...
बाघको आक्रमणबाट एकको मृत्यु 

बर्दिया,फागुन १८ : सोमबारदेखि हराइरहेका बर्दिया राजापुर लालबहादुर चौधरी मृत भेटिएका छन् । 

भैंसी चराउन गएका उनी साँझसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो । सोही क्रममा सोमबार साँझ उनको चौधरीको शव भेटिएको हो । 
बाघको आक्रमणका कारण राजापुर नगरपालिका वडा नम्बर १० कालाबन्जरका ६५ वर्षीय चौधरीकोे मृत्यु भएको हो ।  

बाझपुर गेरूवामा भैँसी चराउन गएका चौभरीलाई बाघले घाँटी र कम्मरलगायत शरीरका अंगमा चिथोरेको स्थानीयले बताए ।  

शवलाई पोस्टमार्टमका लागि लगिएको छ ।  
 

प्रकाशित मिति: ११:१६ बजे, मंगलबार, फागुन १८, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्