Kathmandu Press

कलाकार पल शाहविरुद्ध प्रहरीमा उजुरी 

काठमाडौं, फागुन १४ : नायक पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई...
कलाकार पल शाहविरुद्ध प्रहरीमा उजुरी 

काठमाडौं, फागुन १४ : नायक पल शाहविरुद्ध सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ ।

म्युजिक भिडियो शूटिङका लागि धरान आएका पलले आफूलाई आक्रमण गरेको भन्दै शाहविरुद्ध चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले प्रहरीमा उजुरी दिएका हुन् ।

Hardik ivf

प्रधानले पलको निर्देशनमा उनका सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आक्रमण गरेको दाबी गरेका छन् । धरानमा पललाई लोकेसन हेर्नेदेखि सबै काममा आफूले सहयोग गरेको तर आफूमाथि नै आक्रमण भएपछि उजुरी हाल्न बाध्य भएको उनको दाबी छ ।

उजुरी परेपछि प्रहरीले शुक्रवार दुवै पक्षलाई छलफलका लागि बोलाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यता पल शाहले भने अरुण प्रधानले आफूमाथि दुर्व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । 

प्रकाशित मिति: ०९:०५ बजे, शुक्रबार, फागुन १४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्