तोलामा ५०० ले घट्यो सुनको मूल्य
काठमाडौं, फागुन १३ : स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहीबार सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम...
काठमाडौं, फागुन १३ : स्थानीय बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । बिहीबार सुन प्रतितोला ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँ घटेको थियो । महासंघले तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँ तोकेको छ ।
यस्तै, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । बुधबार १३४५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १२:५६ बजे, बिहीबार, फागुन १३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
