शेयर बजारमा सामान्य सुधार
कुल ३२० स्टकको ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ।
काठामडाैं, साउन २९ : पछिल्ला केही दिनदेखि निरन्तर ओरालो लागि रहेको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ। आज २.६२ अंकले बढेको बजार २७.८८ बिन्दुमा पुगेर रोकिएको हो।
कुल ३२० स्टकको ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार ७०४ रुपैयाँ बराबरको १ करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स ०.९३ अंकले घटेको छ। फ्लोट इण्डेक्स ०.११ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.३१ अंकले घटेको छ।
आज नेपााल रिपब्लीक मिडियाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४९.१५ रुपैयाँले बढेर ५४१.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ। पञ्चकन्यामाई हाइड्रो पावरको शेयर मूल्य २२.२७ रुपैयाँले बढेर प्रतिकित्ता ४२२.६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
राधी जलविद्युत कम्पनीको शेयर मूल्य पनि आज प्रतिकित्ता ३३.८६ रुपैयाँले बढेर ७९८.०८ रुपैयाँमा अन्तिम कारबोर भएको छ। यस्तै अपर स्याङ्गी हाइड्रो पावरको शेयर मूल्य २८.०२ रुपैयाँले बढेर ६९१.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज एनाइसी एसिया फेलेक्सी क्याप फण्डको शेयर मूल्य सबैभन्दा धेरै ८.३१ प्रतिशतले घटेर ९.३८ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै एनआईसी एशिया सेक्ट फण्ड ३० को शेयर मूल्य प्रतिकित्ता ६.७७ प्रतिशतले घटेर ९.२३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। नेपाल बैंक लिमिटेडको शेयर मूल्य ५.९१ प्रतिशतले घटेर प्रतिकित्ता २६६.२१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्टक्चर डेभ्लप्मेन्ट लिमिटेड, बलेफि हाइड्रोपावर, हिमालयन रिइस्योरेन्स लिमिटेड र साहस उर्जा लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।
आज नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ४७ करोड १७ लाख १३ हजार २९८ कित्ता शेयर कारोबार भएको छ।










-1764753058.png)
-1764751301.jpg)
