Kathmandu Press

च्याम्पियन्स लिगमा बायर्न म्युनिखको सहज जित 

काठमाडौं, फागुन १२ : साविकको विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ।​ मंगलबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को...
च्याम्पियन्स लिगमा बायर्न म्युनिखको सहज जित 

काठमाडौं, फागुन १२ : साविकको विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ।

​ मंगलबार राति भएको लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ गोलले पराजित गरेको हो । लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक/एक गोल गरे ।

Hardik ivf

बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो । लाजियोका जोआक्विन कोरेयाले एक गोल फर्काउदा फ्रान्सिस्कोले आत्मघाती गोल गरे । जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकाल्यो।

प्रकाशित मिति: ०७:२८ बजे, बुधबार, फागुन १२, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्