संसद् विघटनको विरोधमा आदिवासी जनजाति महासंघको प्रदर्शन ( फोटो फिचर)
ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघलगायतले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् ।
काठमाडौं, फागुन ११ : संसद् विघटन गरेको विरोधमा राजधानीमा नेकपाका प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ ।
ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध प्रचण्ड–नेपाल समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् ।
शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।
प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार