Kathmandu Press

सुरक्षा परिषदको बैठकमा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल

काठमाडौं, फागुन ११ : मंगलबार बसेको सुरक्षा परिषद्को बैठकमा  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ ।बैठक मंगलबार...
सुरक्षा परिषदको बैठकमा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल

काठमाडौं, फागुन ११ : मंगलबार बसेको सुरक्षा परिषद्को बैठकमा  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको छ ।

बैठक मंगलबार बिहान रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा बसेको थियो । प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहन्छन् । मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भने सहभागी भएनन् । 

 सुरक्षा परिषद बैठक यसअघि गत कात्तिकमा बसेको थियो । 

 

प्रकाशित मिति: १४:२४ बजे, मंगलबार, फागुन ११, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्