Kathmandu Press

‘निशान म्याग्नाइट’ बिर्तामोडमा सार्वजनिक

झापा, फागुन ११, झापाको बिर्तामोडमा निशान मोटर्सको बहुप्रतीक्षित बी–एसयूभी म्याग्नाइट गाडीको बिक्री बितरण शुरु भएको छ ।बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिस अगाडि रहेको...
‘निशान म्याग्नाइट’ बिर्तामोडमा सार्वजनिक

झापा, फागुन ११, झापाको बिर्तामोडमा निशान मोटर्सको बहुप्रतीक्षित बी–एसयूभी म्याग्नाइट गाडीको बिक्री बितरण शुरु भएको छ ।

बिर्तामोडको भद्रपुर रोडस्थित बिजुली अफिस अगाडि रहेको निशान मोटरका लागि आधिकारिक बिक्रेता निशान सोरुमबाट म्याग्नाइट गाडीको मंगलवारबाट बिक्री बितरण शुरु भएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गाडी अनावरण गरेका थिए ।  

Hardik ivf

अनलाइनमार्फत विश्वव्यापी रूपमा गाडीको वुकिङ गर्न सकिने बताउँदै निशान मोटर्सका लागि आधिकारिक विक्रेता निशान मोटरर्स बिर्तामोडका सञ्चालक रौनक वंशलले सोमवार काठमाडौंमा पहिलो पटक म्याग्नाइट गाडीको सार्वजनिक गरिएको र झापामा पनि उत्कृष्ट फिचरका गाडीहरु आइसकेको बताएका छन् ।  

निशान नेपालको आधिकारिक विक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्याग्नाइट लञ्च गर्ने पूर्वतयारी शुरू गरेको छ । यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीमा स्पोर्टी लुक्ससहित एलईडी हेडल्याम्प, एलईडी डीआरएल, फ्लोटिङ रूफ, ड्युअल टोन बडी पेन्ट, ड्युअल टोन रियर बम्पर जस्ता विशेषता रहेका निशानका बिर्तामोड प्रतिनिधि तेज पौडेलले बताए ।

निशान म्याग्नाइट १.० लिटर पेट्रोल इञ्जिनको दुईओटा भेरियन्टमा उपलब्ध हुनेछ । यीमध्ये एउटामा नेचुरली एस्पिरेटेड इञ्जिन र अर्काेमा टर्बाेचाज्र्ड इञ्जिन हुनेछ । यस कारमा ८ इञ्चफुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टीएफटी ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर पनि छन् । विविध अत्याधुनिक विशेषता रहेको निशान म्याग्नाइट आफ्नो सेगमेन्टको ‘गेमचेन्जर’ बन्ने अपेक्षा कम्पनीले गरेको छ  ।

निशान म्याग्नाइट गाडीको मूल्य २९ लाख ४९ हजार रुपैयाँबाट शुरु हुने निशानका  बिर्तामोड सञ्चालक वंशालले बताएका छन् । निशान म्याग्नाइट लञ्च कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति कृष्ण हुँमागाई, बीवीसी नेपाली सेवाका उमाकान्त खनाल, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख सन्तोष आचार्य, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगू , विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी महासचिव भेषराज भण्डारी ‘प्रशान्त’ लगायतको सहभागीता रहेको थियो ।

 

 

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, फागुन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्