मंगल ग्रहमा जीवन खोज्दै ‘रोभर पर्सिभेरेन्स’ यान

गत बिहीबार नासाको अन्तरिक्ष यान ‘रोभर पर्सिभेरेन्स’ सुरक्षित अवतरण गर्‍यो । यो यानले मंगल ग्रहमा जीवनको खोजी गर्नेछ । मंगल ग्रह अहिले सबैजसो खगोलशास्त्री र अन्तरिक्ष अभियन्ताका लागि चासोको केन्द्रमा छ ।

नासाले सन् १९९० देखि मंगल ग्रहबारे अध्ययन थालेको हो । संयुक्त अरब इमिरेटस् र चीनका अन्तरिक्ष यान पनि हालै मंगल ग्रहको कक्षमा स्थापित भएका छन् । मंगल ग्रहमै अवतरित ‘रोभर पर्सिभेरेन्स’ले कसरी काम गर्छ ? त्यसबारे केही चाखलाग्दा तथ्य : 

‘रोभर पर्सिभेरेन्स’ यानको बनावट

– तौल– यो यानको तौल दुई हजार दुई सय पाउन्ड छ ।

– ब्लेड्स– रोभर यानमा चारवटा कार्बोन–फाइभर ब्लेड्स प्रयोग गरिएको छ, जो २४ सय आरपीआर (रिभोलुसन्स पर मिनट) मा घुम्छन् ।

– सोलार प्यानल– यो यानमा सोलार प्यानल जडान गरिएको छ ।

– इन्जिन्युटी हेलिकप्टर– चार पाउन्डको हेलिकप्टरले पर्सिभेरेन्स रोभर यानसँग वायरलेस सम्पर्क गर्न मद्धत गर्छ ।

– मास्ट एरियल वा खम्बा– यस उपकरणले भिडियो र तस्बिर खिच्छ । यो लेजरले मंगल ग्रहको चट्टानको रसायन अध्ययन गर्नेछ ।

– ऊर्जा– प्लुटोनियममा आधारित ऊर्जाले रोभरको ब्याट्री चार्ज गर्छ ।

– पीआइएक्सएल– यसले मंगल ग्रहमा विगतको जीवनका सम्भावना पत्ता लगाउन रासायनिक तत्वको पहिचान गर्छ ।

– एन्टेना– यसले मंगल ग्रहको विवरण सीधा पृथ्वीमा प्रसारण गर्छ ।

– रोबोटिक आर्म– धेरै उपकरणसहित एक बुर्जा (टावर) जसमा सात इन्च लामो रोबोटिक आर्म जोडिएको छ । प्वाल पारेर मंगल ग्रहको चट्टानको नमुना संकलन गर्छ यसले । यो उपकरणले वाटसन क्यामेराको सहयोगमा सम्भावित कण र खनिजका बायोसिग्नेचर पत्ता लगाउने छ ।

– यानमा आल्मुनियम पाङ्ग्रा र सस्पेन्सन प्रणाली प्रयोग गरिएको छ, जसले यानलाई कुनै अवरोध बिना नै गुड्न मद्दत गर्छ ।

रोभर पर्सिभेरेन्स यानको काम

– यो यानले वैज्ञानिक उपकरणहरू बोक्छ, जसले पृथ्वीभन्दा परको जीवनको खोजी गर्नेछन् । यो यान कारको आकारमा छ । यसको कृत्रिम क्यामेरा, लेजरले मंगल ग्रहको चट्टानको रासायनिक बनावटको विश्लेषण गर्न सक्छ ।

– पानीले भरिएको अवस्थाको मंगल ग्रहमा जीवनको अस्तित्व हुनसक्ने सम्भावनाको खोजी गर्नेछ । यसले जमिन प्वाल पारेर माइक्रोबियल अवशेषको रासायनिक गुण पहिचान गर्नेछ ।

– यो यान जज्यारो ज्वालमुखी उपत्यकाको अध्ययनका लागि तयार पारिएको हो । यो उपत्यका ३० माइलमा फैलिएको छ, जो एक समय ठूलो ताल थियो ।

– यो रोभर पुरानो डेल्टाको छेउमा गुड्ने छ । यसले निथरको रासलाई प्वाल पारेर जीवाणुको रासायनिक अंश खोज्नेछ, जो मंगल चिसो र उजाड भएपछि सखाप भएको थियो ।

– तर रोभर पर्सिभेरेन्स विगतको जीवनको निश्चित प्रमाण दिन असमर्थ हुनेछ । यसको मिसनको अर्को अंश भनेको जटिल रोबोट खेल जसमा एक लाठी उठाएझैं मंगलको चट्टान पृथ्वीमा ल्याउनु हो । ती चट्टानबाट वैज्ञानिकहरूलाई मंगल ग्रहबारे नजिकवाट अध्ययन गर्न मद्दत पुग्नेछ ।

– रोभरले चट्टानमा प्वाल पारेर त्यसको नमुना संकलन गर्छ, ट्युबमा बन्द गर्छ र त्यसपछि सतहमा झार्छ । पछि युरोपेली अन्तरिक्ष एजेन्सीको रोभरले ट्युब लिन र तिनीहरूलाई एउटा सानो रकेटमा स्थानान्तरण गर्न पर्सिभेरेन्स आएको बाटो पछयाउँदै आउँछ, जसले अन्तिरिक्षसम्म ल्याउने छ ।

– त्यसपछि नमूनाहरू मंगलको नक्षत्र मार्गबाट अर्को अन्तरिक्षयानमा स्थानान्तरण हुनेछ, जो फेरि पृथ्वीमा पठाइन्छ । यो चट्टानको नमूना सन् २०३० को सुरुआतसम्ममा पृथ्वीमा आइपुग्नेछ ।

न्युयोर्क टाइम्सबाट

 Published Date: Monday, 22nd February 2021 8:19:00 am