Kathmandu Press

सिंगापुर एयरलाइन्सका ६ सिट, जो अग्रिम बिक्री हुन्छन्

न्युयोर्कबाट सिंगापुरसम्म विश्वकै सबैभन्दा लामो हवाई यात्रा गर्दा केही यस्ता गोप्य सिट छन्, जसले ती सिट प्राप्त गर्ने यात्रुले आरामदायी महशुस गर्न सक्छन्...
सिंगापुर एयरलाइन्सका ६ सिट, जो अग्रिम बिक्री हुन्छन्
Hardik ivfHardik ivf

न्युयोर्कबाट सिंगापुरसम्म विश्वकै सबैभन्दा लामो हवाई यात्रा गर्दा केही यस्ता गोप्य सिट छन्, जसले ती सिट प्राप्त गर्ने यात्रुले आरामदायी महशुस गर्न सक्छन् । र, ती सिट अग्रिम बिक्री हुन्छन् ।

करिब १९ घण्टा लामो सिंगापुर–न्युयोर्क हवाई यात्रा कोभिड–१९ महामारीबीच सुरु भएको हो । र, त्यसका लागि एक सय ६१ यात्री क्षमताको एयरबस ‘ए ३५०–९०० यूएलआर’ विमानलाई विशेष ढंगले सुधारिएको छ ।

नयाँ प्रिमियम इकोनोमी क्याबिनमा तीन एकल झ्याल भएका सिटहरूका साथमा डस्टबिन र खुट्टा फैलाउन मिल्ने प्रशस्त ठाउँ छ । सिंगापुर एयरलाइन्स उड्डयनमा हालसम्म विवादमा नआएको अत्यन्तै लामो दूरीसम्म उडान गर्ने एयरलाइन्स हो । कोभिड–१९ महामारीअघि विश्वका तीन सबैभन्दा लामा र विश्वका टप टेन गन्तव्यमा उडान गथ्र्यो ।

सिंगापुर–न्युयोर्क गन्तव्यमा यो एयरलाइन्सले नोभेम्बर २०२० देखि उडान थालेको हो । यो सिंगापुर र अमेरिकी पूर्वी तटलाई जोड्ने यो हालसम्मको एकल रुट हो । यो मार्गलार्ई व्यापक सुधारपछि सिंगापुर एयरलाइन्सको विमान ‘एयरबस ३५०–९०० यूएलआर’लाई उडाउन दिइएको हो । एक सय ६१ सिट क्षमताको यो विमानले केवल बिजनस र प्रिमियम इकोनोमी क्लासको सुविधा दिन्छ ।

विमानका हरेक सिटलाई प्रिमियम श्रेणीमा स्तरोन्नती गरिएको छ । तर, विमानमा केही सिट अन्य सिटभन्दा राम्रा छन् । ती सिट विमानको बारेमा जानकारी भएका यात्रीले खोजेर निकालेका हुन् । १९ घण्टा लामो यात्रामा राम्रो सिट चयन पनि आरामदायी उडानका लागि सहयोगी हुन्छन् ।

त्यसैले सिंगापुर एयरलाइन्समार्फत यो रुटमा यात्रा गर्दा ती सिट चयन गरी बस्नुहोस् । विमानका ९४ वटा सिट प्रिमियम इकोनोमी कक्षका लागि छुट्याएको छ । र, ती बिजनेस क्लासमा यात्रा गर्न नसक्ने यात्रीलाई मध्यनजर गरी तयार पारिएका हुन् ।

कक्षको नाममा ‘इकोनोमी’ जोडिए पनि ती सिट अमेरिकी घरेलु प्रथम श्रेणीका विमानसँग तुलना गर्न सकिन्छ, जुन उनीहरूको नियमित घरेलु उडानका विमानको तुलनामा राम्रा हुन्छन् । अधिकांश कक्ष स्ट्यान्र्डड २–४–२ आकारमा व्यवस्थापन गरिएको छ । हरेक सिटको उचाइ ३८ इन्च (९७ सेमि) र चौडाइ १९.५ इन्च (५० सेमि)को नापमा तयार पारिएको छ । सबै सिट उस्तै देखिए पनि केही भने भिन्न प्रकारका छन् । इकोनोमी कक्षमा खुट्टा फैलाएर आरामदायी यात्रा गर्न चाहने यात्रीका लागि यी सिट पहिलो रोजाइमा पर्छन् ।

समूह वा तीनजनाभन्दा बढीले एकसाथ यात्रा गर्न चाहने यात्रीले हिँड्ने गल्ली भएको बीचको सिटमा बस्दा राम्रो हुन्छ । कारण– एकै पंक्तिमा चार यात्री बसेर यात्रा गर्न सकिन्छ । जोडीका लागि क्याबिनको भित्तापट्टि जोडी सिट राखिएको छ, जुन उनीहरूका लागि राम्रो विकल्प हुन् । तर, एकल यात्रा गर्ने र जसलाई विमानको सिटको विषयमा राम्ररी थाहा छ, ती यात्री सीधै क्याबिनको अन्तिम पंक्तिमा रहेका सिट रोज्छन् ।

हो, त्यही क्याबिनको अन्तिम पंक्तिमा ६ वटा आरामदायी सिट छन्, जहाँ आफूबाहेक कोही छिमेकी हुँदैन । क्याबिनको दुवै छेउमा तीन–तीन सिट छन् । तर, ती सिट सबैभन्दा पहिले बुक हुन्छन् । सिंगापुर एयरलाइन्सका प्रवक्ताका अनुसार यी सिटको अनुपम बनावटका कारण यात्रीको पहिलो रोजाइमा परेका हुन् ।

यी सिटमा उडान गर्ने यात्रीले शौचालय जाँदा वा खुट्टा फैलाउँदा आफ्नो छिमेकीलाई डिस्टर्ब हुने डर मान्नु पर्दैन । र, ती सिटका लागि भनेर अलग्गै डस्टबिन सिटको तलपट्टि राखिएको छ ।

यात्रीले सिटसँगै जोडिएको ढक्कन खोल्न सक्छन् र रोलर ब्याग राख्न मिल्ने पर्याप्त कम्पार्टमेन्ट पाउँछन् । ढक्कन बन्द गर्नेबितिकै साइडबाट एउटा टेबल निस्किन्छ, जसलाई ट्रे टेबलको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ । यदि खाना खाँदाखाँदै उठ्नुपरेमा यस टेबललाई विकल्प बनाउन सकिन्छ ।

एकल सिट पंक्तिको मतलब यात्रुले दुवै कुराको राम्ररी मज्जा लिन सक्छन् । जस्तो– अन्यत्रभन्दा फराकिलो गल्ली र प्रत्येक सिटका लागि भिन्दाभिन्दै झ्याल ।

१३.३ इन्चको हाई डेफिनेसन स्क्रिन, व्यक्तिगत पढ्ने बत्ती, हेरफेर गर्न मिल्ने सिटमा प्रयोग गर्ने सिरानी, फुटरेस्ट र लेगरेस्ट, जोडिएको रिमोट र गेम कन्ट्रोलर, पानीको बोतल राख्ने ठाउँ, एक सय १० भोल्टको एसी पावर आउटलेट र धेरै यूएसबी चार्जिङ पोर्टहरू । प्रिमियम इकानोमी सिटका विशेषता हुन् यी ।

तर, यी सिट सस्ता होइनन् । यात्रुले लगभग एक सय २० अमेरिकी डलर अतिरिक्त तिर्नुपर्छ, यी सिटका लागि । बिजनेस क्लासमा पनि सिटहरू नराम्रा छैनन् । ती सबै निजी सुइट हुन्, जसमा गोपनीयता कायम गरिएको छ । र, आरामदायी यात्रा गर्न मिल्छ । क्याबिनका पहिलो लहरका सिटहरू ११ के र १० ए शान्त रहन्छन् किनकि तिनीहरू इन्जिनबाट टाढा छन् । र, अगाडिको गल्लीमा उडान परिचारिकाहरू धेरै हिँडडुल गर्दैनन् ।

- बिजनेस इन्साइडरबाट
 

प्रकाशित मिति: ०७:५१ बजे, शुक्रबार, फागुन ७, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्