Kathmandu Press

एनआइसी एसियाको उच्च कारोबार, निफ्रामा खरिदकर्ताको अत्यधिक चाप

काठमाडौं, फागुन ६ : कारोबार र सूचकमा नयाँ नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । आज २५.२३ अंकले...
एनआइसी एसियाको उच्च कारोबार, निफ्रामा खरिदकर्ताको अत्यधिक चाप
Hardik ivfHardik ivf

काठमाडौं, फागुन ६ : कारोबार र सूचकमा नयाँ नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । आज २५.२३ अंकले बढेर नेप्से परिसूचक २ हजार ६३६.६८ अंकमा बन्द भएको छ।

आज २०६ कम्पनीका १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँमा खरिद बिक्री भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बैंक, व्यापार, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादन, म्युचुअल फन्ड र अन्य उपसूचक उकालो लागेका छन् भने जीवन बिमा, निर्जीवन बिमा र माइक्रोफाइनान्स उपसूचक ओरालो लागेका छन्।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । एनआइसी एसियाको ५० करोड १४ लाख २० हजार ८९७ रुपैयाँको सेयर खरिद बिक्री भएको छ । कारोबार रकमकै आधारमा निफ्रा दोस्रो, सिभिल बैंक तेस्रो र नेपाल टेलिकम चौथो स्थानमा रहेको छ।

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्