Kathmandu Press

कोरोनाकालमा जसले सोखलाई करिअरमा बदले

कोरोना महामारीका धेरै नकारात्मक पाटो छन् । तर, मानिसले त्यस नकारात्मकतालाई आशातित भविष्यमा रूपान्तरित गर्ने अवसरमा बदलेका छन् । आफ्नो सोखलाई नै उद्यममा...
कोरोनाकालमा जसले सोखलाई करिअरमा बदले

कोरोना महामारीका धेरै नकारात्मक पाटो छन् । तर, मानिसले त्यस नकारात्मकतालाई आशातित भविष्यमा रूपान्तरित गर्ने अवसरमा बदलेका छन् । आफ्नो सोखलाई नै उद्यममा बदलिरहेका छन् । खासमा, आफ्नो सपनालाई उद्यममा रूपान्तरित गर्न सकिने विषय अब नौलो रहेन ।

फेडएक्स ड्राइभरले हातले बनाएको साबुन, हेयर स्टाइलिस्टले तयार पारेको ‘पोर्कलेस बाओ बन’ र रेस्टुराँ प्रबन्धकले पुनप्र्रयोगमा ल्याएको डेनिम ज्याकेट । बजार र अनलाइन सपिङ स्टोरमा अहिले यस्ता विज्ञापन जताजतै देख्न पाइन्छ ।

Hardik ivf

सोखलाई ‘प्लान बी करिअर’मा बदल्ने सपना अनौपचारिक श्रम अर्थतन्त्र (गिग इकोनोमी) को एक हिस्सा हो । पुराना पुस्तक बिक्री गर्ने, बियर बनाउने, भिडियो गेम खेल्ने र चुट्किला भन्नेलगायत अनगिन्ति सोखलाई मानिसले उद्यममा बदल्न सक्छन् ।

कोभिड–१९ महामारीबाट अर्थतन्त्रमा संकट परेपछि दशौँ लाख अमेरिकीले रोजगारी गुमाए । खासगरी, विद्यालयका विद्यार्थीलाई हेरचाह गर्ने रोजगारी गुमाएका दुर्गम क्षेत्रका बासिन्दाका लागि सोखलाई उद्यममा बदल्ने अवसर दिलाउन सकिन्छ । विगतमा त्यो उनीहरूका लागि बाध्यता थियो, त्यसैलाई उद्यम बनाउन सके भविष्यमा रोजगारी गुमाउन विवश हुनु पर्दैन ।

सान फ्रान्सिस्को स्थित सार्वजनिक संस्थान एल्पको आँकडा अनुसार अमेरिकामा सन् २०२० को पहिलो आठ महिनामा लगभग एक लाख व्यापारिक प्रतिष्ठान बन्द भए । तर, कपकेक, डोनट, केक, म्याक्रोनलगायत ‘डेजर्ट’ उत्पादन र बिक्री गर्ने व्यवसायमा १० प्रतिशतको वृद्धि देखियो । अमेरिकी ई–कमर्स वेबसाइट ‘एट्सी’का अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०२० को अन्त्यमा ४२ प्रतिशतले नयाँ बिक्रेताहरू बढे ।

‘हुनसक्छ केही मानिस आफ्नै सिर्जनात्मक पेसामा रमाउन चाहन्छन्,’ एट्सीका ट्रेन्ड विशेषज्ञ डायना सोम जोनसनले भने, ‘तर, महामारीको कठिन समयमा अनपेक्षित वित्तीय चुनौति सामना गरेका मानिसका लागि यो एक अवसरका रूपमा देखा पर्‍यो ।’ महामारीलाई अवसरमा रूपान्तरित गरेका केही व्यक्तिको बारेमा यहाँ जानकारी दिन खोजिएको छ ।

रेड सस्

डान फेलोसी एक इटालियन–पोर्चुगिज परिवारमा हुर्के । उनी एन टाइलरका रचनात्मक निर्देशक हुन् । एन टाइलरले स्टोरमा डिजाइन र मार्केटिङ हेर्छ । उनी ब्रुक्लिनमा दुई साथीसँग अर्पामेन्टमा बस्छन् । उनले दिक्कलाग्दो क्वारेन्टिनमा आफूलाई व्यस्त राख्ने माध्यम भेटाए ।

‘सबैजना बाहिर निस्के र रमाइलोमा व्यस्त भए तर म स्टोर रुममा बसेँ,’ उनले भने । गत वर्षको वसन्तमा उनले आफ्नो परिवारको पुरानो खानाका परिकार भोड्कासहितको ‘रिगातोनी सस्’ र ‘मिटी लासाग्ना’ बनाएर आफ्नो इन्स्टाग्राममा पोस्ट गर्न थाले । उनले खानासम्बन्धी कुनै औपचारिक तालिम लिएका होइनन् । तर, घरमै खुम्चिन बाध्य मानिसले उनको खानासम्बन्धी भिडियो मन पराउन थाले ।

उनको खानाका पारखी बढेसँगै ‘चोबानी’, ‘इकी’, ‘ग्रिन्डर’जस्ता कम्पनीले उनीसँग सहकार्यको प्रस्ताव गरे । पिन्ट्रेस्टले उनलाई भुक्तानीसहितको सर्जक बन्न प्रस्ताव गरे । गर्मी मौसमसम्म खाना पकाउनु उनका लागि विकल्पभन्दा पनि दोस्रो जागिरजस्तो भइसकेको थियो । अहिले इन्स्टाग्राममा उनका ५२ हजार फलोअर छन् । तीमध्ये ३७ हजारले उनको भिडियो नियमित हेर्छन । यो उनको अचानक बनेको करिअर हो ।

भुईंतलामा भिनाइल

इरिक वार्नर चिप्पेवा फल्सका लागि वेब प्रोग्रामर हुन् । धेरै मानिस आईटी क्षेत्रमा भित्रिन चाहन्छन् तर उनी त्यसबाट बाहिरिन ।क्वारेन्टिनले उनलाई आईटीबाट बाहिरिने बहाना दियो । जब उनी घरमा परिवारको साथमा रहे, भुईंतलामा बिछ्याइएको भिनाइल काट्दै विवाह, वार्षिकोत्सव र जन्मदिनमा दिन मिल्ने उपहार तयार पार्न थाले ।

त्यसलाई उनले दोस्रो मुल पेशा र आयस्रोत बनाउने लक्ष्य लिए । उनले दुई वर्षअघि १० हजार डलरमा रेकर्ड लेथ मेसिन किनेका थिए । यो मेसिनले एनालग संकेत दिँदै खाली डिस्कमा खाली ठाउँ भर्न सघाउँछ ।

उनकी श्रीमती इजाबेला विश्वविद्यालयका लागि अनलाइन कोर्सको डिजाइन तयार पार्थिन् । उनले पनि लकडाउनपछि काम पाइनन् । दुवै मिलेर व्यवसायका लागि भिनिलस नामक एट्सीजस्तै अनलाइन पसल खोले । र, बोल्न मिल्ने रेकर्ड, भिनाइल मिक्स टेपहरू ९५ डलरदेखि एक सय १० डलरमा बिक्रीमा राखे । कनेक्टिकटकी एक महिलाले आफ्नी छोरीको विवाह वार्षिकोत्सवमा उपहार दिनका लागि एकातर्फ विवाहमा लिएको बाचा र अर्को साइडमा विवाहको गीत भएको रेकर्ड अर्डर गरिन् ।

वार्नरले भिनिलसलाई मुख्य गिग र वेब डिजाइनलाई अर्को काम बनाउने सोचेका छन् । हालसम्म उनले दुई सय ५० वटा रेकर्ड बिक्री गरिसकेका छन् ।

हेयरकट देखि बाओ बनसम्म

चुई फ्याम हेयर स्टाइलिस्ट हुन् । उनी नाइक डिजाइनर, अमेजनका अधिकारी र अन्य धनाढ्य ग्राहकको निजी हेयर स्टाइलिस्ट थिइन् । उनी ओरे पोर्टल्यान्डमा बस्छिन् । गत वर्ष मार्चमा पोर्टल्यान्डमा लकडाउन सुरु भएपछि उनको व्यवसाय बन्द भयो । लकडाउनमा समय बिताउन युट्युबमा भियतनामी मासुरहित व्यञ्जनहरू बनाउन तरिका खोज्न थालिन् ।

भियतनामी बौद्ध भिक्षुहरूको पारम्परिक खाना नरिवलको दूधमा नक्कली–सुँगुरको पेट, टापियोका र चामलका स्टार्चले बनेका भात बनाउने तरिका खोज्न थालिन् । उनी आफैँ शाकाहारी हुन् । सन् १९८० मा उनी भियतनामबाट अमेरिका पुगेकी हुन् । गत अप्रिलमा आफूले परिकार तयार पार्दै गरेको भिडियो इस्टाग्राममा लाइभ गर्न थालिन् ।

‘लाइभमा आएको दुई मिनेटभित्र ग्राहकले अर्डर दिन थाले,’ उनले भनिन् । सुरु गरेको साताभित्र उनलाई एक सय अर्डर आइसकेको थियो । दुई साताभित्र देशभरमा अर्डर आउका सामान पठाउन थालिसकेकी थिइन् ।

उनको व्यवसायको आकार बढ्दो छ । यस वर्ष साढे तीन लाख डलर कमाउने लक्ष्य राखेकी छन् । र, लसएन्जलसमा अर्को शाखा खोल्ने सोच बनाएकी छन् । अब फेरि हेयर स्टाइलिस्टको जागिर गर्ने सोचमा छैनन् ।

रसायन मुक्त साबुन

टिफानी डेन्जफिल्ड (३१ वर्ष) हन्ट्सभिल्ला अलामा श्रीमान् र तीन सन्तानसँग बस्छिन् । उनी फेडएक्सको ढुवानी ड्राइभर हुन् । उनका श्रीमान्को नाम जेम्स डेन्जफिल्ड हो । जेम्स सुरक्षा ठेकेदारका लागी एसेम्ब्ली अपरेटर थिए । एक दशक अगाडि उनका पति इटालीको भेसेन्जास्थित सेनामा सिपाही थिए । र, उनको साना छोराछोरी एक्जिमा र छाला सुक्खा हुने रोगबाट ग्रस्त थिए ।

चिकित्सकीय उपचारबाट रोग निको भइरहेको थिएन । त्यसैले उनले रसायनमुक्त साबुन बनाउन सुरु गरिन् । पहिलो ब्याचमा बनाएको रसायन साबुन बिग्रियो । कारण– माथि तेल तैरिरहेको थियो । तर, विस्तारै बनाउँदै गएपछि उनले बनाउने तरिकामा राम्रो उपलब्धी हासिल गरिन् ।

यस साबुनले उनका छोराछोरीको छाला सुक्खा हुने समस्या निको भयो । उनले परिवार र साथीहरूका लागि साबुन बनाइन् । महामारी फैलिएपछि उनले अनलाइनमार्फत साबुन बिक्री थालिन् । र, ब्ल्याकबेरी र भेनिला साबुन, देवदारको सुगन्धित बडी बटर र नरिवल आयल सुगर स्क्रबजस्ता कन्फेक्सन आफ्नै एट्सी पसल र वी मेड इन सोप कम्पनीमार्फत बिक्री गर्न थालिन् । व्यापारलाई प्रचारमा ल्याउन करिब एक महिना लाग्यो । हाल मासिक ३० भन्दा बढी अर्डर आउँछन् । फिरोमोन्स–एक्टिभेटेड चारकोल साबुन सात डलर, कफी ह्वाइन्ड सुगर स्क्रब आठ डलर र कालो रास्पबेरी भेनिला बडी बटर नौ डलरमा बिक्री गर्छिन् ।

मनमोहक डेनिम

सानिया मुर्गा होटेल म्यानेजर हुन् । उनी रिज्उड क्विन्समा बस्छिन् । गत अगस्टमा होटेलबाट फर्किने क्रममा उनको अपार्टमेन्टनजिक राइट एड जाने बाटोमा ठूलो आवाज सुनिन् । उनको कान बज्न थाल्यो । उनको पछाडिपट्टि रगत खस्न थाल्यो । एक ग्याङले चलाएको गोली उनको टाउकोमा लाग्यो । उपचारपछि गत मार्चमा घर फर्केपछि सानियाले एक्स–सेप्ट सन्डे नाममा फेसन लाइन सुरु गरिन् ।

स्वारोभ्स्की क्रिस्टल प्रयोग गरी रिपर्पोज गरिएको ज्याकेट, एन्टिक ब्रोच र भिनाइल प्रिन्टसहितको ज्याकेट बनाइन् । ती सामान दुई सय ९५ देखि १५ सय डलरमा विक्रीमा राखिन् । फेसन जगतमा उनको यो पहिलो आगमन भने होइन । फेसन इन्स्टियुट अफ टेक्नोलोजी बाट उनले स्तातक उत्तीर्ण गरेकी छन् । उनी डेनिमका कपडासँग २० वर्षको उमेरदेखि खेल्दै आएकी छन् ।

उनले आफ्नो सिर्जना चाउ नामक व्यक्तिका लागि पनि उपलब्ध गराउँथिन् । उनले ला ला एन्थोनीका लागि बुट्टेदार हुड ज्याकेट पनि बनाइन् । र, पप गायक रामियो सान्तोसका लागि ‘द किङ बाचाता’ लेखिएको बुट्टेदार ज्याकेट बनाइन् । स्निकर–ड्रप मोडेल अपनाउँदै सानियाले १० देखि १५ वटा ज्याकेट हरेक वर्ष कस्टम अर्डरमा निकाल्ने योजना बनाएकी छन् । उनको एक महिनाको आम्दानी दुई हजारदेखि चार हजार डलर हुन्छ ।
 

प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्