Kathmandu Press

विवेकशील साझाको माग– ४० अर्ब चुनावमा होइन, विकासमा लगाऊ

विरोध प्रदर्शनमा आम नागरिकलाई कुनै समस्या नपर्ने गरी सिर्जनशील तरिका अपनाइएको पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियार बताउँछन् । त्यसक्रममा टाउकोमा कालो कपडा बाँध्ने गरिएको छ । ‘आई लभ संविधानवाद’ लगायत नारा उल्लेखित पम्प्लेट नेता–कार्यकर्ताले बोक्ने गरेका छन् ।
विवेकशील साझाको माग– ४० अर्ब चुनावमा होइन, विकासमा लगाऊ

काठमाडौं, फागुन ५ : प्रधानमन्त्री केपी ओलीले ५ पुसमा गरेको संसद् विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक संज्ञा दिँदै विवेकशील साझा पार्टीले तत्काल विज्ञप्ति जारी ग¥यो । लगत्तै पार्टीले काठमाडौंलगायत मुख्य सहरमा प्रदर्शन सुरु ग¥यो । विधिको शासन, लोकतन्त्र, मानव मर्यादा, स्वाभिमान, समृद्धि र सुशासनलाई विवेकशील साझाले विरोध प्रदर्शनका मुख्य एजेन्डा बनाएको छ।

विरोध प्रदर्शनमा आम नागरिकलाई कुनै समस्या नपर्ने गरी सिर्जनशील तरिका अपनाइएको पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियार बताउँछन् । त्यसक्रममा टाउकोमा कालो कपडा बाँध्ने गरिएको छ । ‘आई लभ संविधानवाद’ लगायत नारा उल्लेखित पम्प्लेट नेता–कार्यकर्ताले बोक्ने गरेका छन्।

गत ३ फागुनदेखि रत्नपार्क शान्ति बाटिकामा १० दिने खबरदारी कार्यक्रम गर्दै आएको छ । ‘प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध कालो टिसर्ट पहिरिएका युवाले कविता, मुक्तक, गजल, गीतलगायत रचना प्रस्तुत गर्दैै खबरदारी गरिरहेका छौँ,’ परियार भन्छन्, ‘सत्तालाई खबरदारी गर्दा गाडीमा एउटै मान्छे दोहो¥याएर, मासुभात खुवाउँदै शक्ति प्रदर्शनभन्दा नागरिकलाई असर नपर्नेगरी सिर्जनशीलता अपनाउने गरेका छौँ।’

'चक्काजाम, सडक बन्द, टायर बाल्ने, नेपाल बन्दजस्ता गतिविधिविरुद्ध विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै खबरदारी गरिरहेको छ । हामी जनतालाई दुःख दिने राष्ट्रिय सम्पत्ति ध्वस्त बनाउने क्रियाकलापभन्दा रचनात्मक खबरदारीलाई निरन्तर दिएर अगाडि बढिरहेका छौं,' परियार भन्छन् ।

नागरिकलाई दुःख दिएर उनीहरूकै नाममा गरिने खराब राजनीति अन्त्य हुनुपर्ने विवेकशील साझा पार्टीले माग गर्दै आएको छ । सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र तोकेको छ । विवेकशील साझा पार्टीले सरकारको उक्त कदमप्रति विरोध जनाउँदै आएको छ । लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्ने ठाउँहरू आवश्यक पर्ने उक्त पार्टीले वकालत गर्ने गरेको छ । ‘निषेधित क्षेत्र तोकिँदा नागरिकले अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्न पाएनन्,’ परियार भन्छन्, ‘विवेकशील साझा पार्टी सधैँ लोकतन्त्रको पक्षमा छ।’

यो पार्टी संविधान जारी भएपछि जन्मिएको हो । ‘संविधानले एक चरणको नागरिक हक सुनिश्चित ग¥यो, अब संविधानकै जगमा रहेर विकास, समृद्धि, सुशासन, सामाजिक न्याय र स्वाभिमानलाई सँगसँगै लैजान सकिन्छ,’ परियार भन्छन् । नागरिकलाई सचेत बनाउँदै नागरिकका लागि आवश्यक व्यवस्था र प्रणाली स्थापित हुन जरुरी रहेको उनी बताउँछन्।

विवेकशील साझा पार्टीको ध्यान अहिले अदालतमा रहेको उनी बताउँछन् । ‘अदालतको आदेश होइन, निर्देशन होइन, न्यायका लागि हामीले नियालिरहेका छौँ । र, अदालतप्रति हामीलाई संशय छ,’ उनी भन्छन् । भागबण्डाबाट ल्याइएका निर्णायक तह र प्रधानमन्त्रीले अदालतलाई पटक–पटक प्रभाव पार्नेगरी चुनौति दिइरहेकाले अदालतबाट न्याय पाइनेमा संशय पैदा भएको उनी बताउँछन्।

न्यायालयबाट न्याय पाउन सकियोस् भन्ने मनसायले सडकमा रचनात्मक प्रदर्शनहरू गर्दै आएको र गरिरहने उक्त पार्टीको भनाइ छ । ‘लोकतन्त्रको नाममा जसलाई जतिबेला मन लाग्यो, मुडमा चुनाव गर्ने होइन, हामी आवधिक निर्वाचनको पक्षधर हौँ,’ परियार भन्छन्, ‘दुई वर्षअघि जस्तै फेरि लोकतन्त्र र जनताका नाममा ४० अर्ब रुपैयाँ खर्च गर्नु उचित छैन।’

निर्वाचनका लागि खर्चिने रकमलाई जनजीविकाको सवालमा, रोजगारी, उद्यम, शिक्षा र स्वास्थ्यमा लगानी गर्नुपर्ने विवेकशील पार्टीको धारणा छ । तर, आवधिक निर्वाचन, नियमित चुनावलाई उत्सवका रूपमा लिएर सहभागी हुने परियार बताउँछन्।

प्रकाशित मिति: १४:१७ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्