Kathmandu Press

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो ।
इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

काठमाडौं, माघ २९ : नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो ।

नयाँ सवारी साधन दर्ता गर्दा नै इम्बोस्ड नम्बर प्लेट दिइने विषयमा छलफल भइरहेको यातायात व्यवस्था विभागका निर्देशक रामचन्द्र पौडेलले बताए । गत साउनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरिएको भए पनि कोभिड–१९ का कारण अहिलेसम्म थोरैले मात्रै लिएका छन् । सरकारी, निजी, सार्वजनिक, कूटनीतिक नियोग, संस्थान गरी सबै सवारी साधनमा अनिवार्य गरिने उनले जानकारी दिए । पहिले नयाँमा अनिवार्य गरेपछि विस्तारै पुरानो सवारी साधनमा पनि अनिवार्य गरिँदै जाने उनको भनाइ छ ।

Hardik ivf

विभागले पहिलो चरणमा सबै सरकारी सवारी साधनलाई यसको प्रयोग अनिवार्य गरेको छ । आगामी महिनाभित्र सबै सरकारी सवारी साधनले लिइसक्नुपर्ने भने पनि सात महिनामा पाँच हजार छ सय सवारीले मात्रै इम्बोस नम्बर प्लेट लिएका छन् ।

डिजिटल प्रविधिमा गएर स्मार्ट कार्डका रूपमा रहेको सो नम्बर प्लेट देशभरका सबै सवारी साधनमा वितरण गर्ने योजना सरकारले बनाएको छ । इम्बोस नम्बर प्लेटका लागि दुईपाङ्ग्रे सवारीले दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई र ठूला सवारीका लागि तीन हजार छ सयरुपैयाँ राजश्व जम्मा गर्नुपर्ने छ ।
 

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, माघ २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्