Kathmandu Press

कुलिङ पिरियड छानविन समिति र सभामुखबीच सिंहदरबारमा छलफल 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ। समितिको कार्यविधि, कार्ययोजना लगायत विषयमा निर्णय लिन छलफल शुरु गरिएको हो। 
कुलिङ पिरियड छानविन समिति र सभामुखबीच सिंहदरबारमा छलफल 

काठमाडौं, असार २६ :  संघीय निजामती सेवा विधेयकमा भएको त्रुटिको विषयमा छानबिन गर्न गठित विशेष समितिले सभामुख देवराज घिमिसँग छलफल गरेको छ। 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल चलिरहेको छ। समितिको कार्यविधि, कार्ययोजना लगायत विषयमा निर्णय लिन छलफल शुरु गरिएको हो। 

Hardik ivf

राज्यव्यवस्था समितिबाट पास भएको विधेयक प्रतिवेदनमा दुई वर्षे कुलिङ पिरियडको व्यवस्था राखिएपछि विवाद उत्पन्न भएको थियो । उक्त प्रकरणमा छानविनका लागि सात सदस्यीय संसदीय विशेष समिति गठन भएको छ। 

समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य तथा माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की छन्। 

सभामुखसँगको भेटमा समितिको नेतृत्वको विषयमा पनि छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, असार २६, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्