Kathmandu Press

गगन थापाले दर्ता गराए सभापतिमा उम्मेदवारी 

थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।
गगन थापाले दर्ता गराए सभापतिमा उम्मेदवारी 

काठमाडौं, असोज २० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । 

थापाले मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृहमा पुगेर सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। 

वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पुर्‍याएको छ।

प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, असोज २०, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्