Kathmandu Press

रसुवामा आएको बाढीका कारण २० जना अझै बेपत्ता 

मंगलबार आएको बाढीमा बेपत्ता भएकामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परे पनि अझै दुई जना प्रहरी बेपत्ता छन्। 
रसुवामा आएको बाढीका कारण २० जना अझै बेपत्ता 

काठमाडौं, असार २६ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण २० जना अझै बेपत्ता भएका छन्।  

मंगलबार आएको बाढीमा बेपत्ता भएकामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परे पनि अझै दुई जना प्रहरी बेपत्ता छन्। 

बाढीमा परी प्रहरीबाहेक ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण नागरिक बाढीमा बेपत्ता भएका थिए। हालसम्म नौजनाको शव फेला परेको छ। 

फेला परेका शवमा प्रहरी कर्मचारीको सनाखत भए पनि अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। 

बाढीले नेपाल–चीन नाका जोड्ने मितेरी पुल, ईभी चार्जिङ स्टेसन, आठवटा इभी गाडी, भन्सार कार्यालयमा क्षति, रसुवागढी हाइड्रोपावरमा क्षति तथा ड्राइपोर्ट बगाएकोछ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:३४ बजे, बिहीबार, असार २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्