Kathmandu Press

अभिनेत्री मनिषा कोइरालाद्वारा रविको समर्थनमा हस्ताक्षर

सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्।
अभिनेत्री मनिषा कोइरालाद्वारा रविको समर्थनमा हस्ताक्षर

काठमाडौं, असार २६ : अभिनेत्री मनिषा कोइरालाले रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन्।

सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय बनस्थली पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्।

Hardik ivf

हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले रविमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताइन्। उनले राज्यबाट भइरहेको अन्याय र दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताइन्। 

Manisha--Koirala---1752134926.jpg
 
‘म कुनै पनि पार्टीमा आबद्ध छैन। एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ,’ उनले भनिन्, ‘जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुव्र्यवहार भइरहेको छ।’
 
प्रकाशित मिति: १३:५४ बजे, बिहीबार, असार २६, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्