Kathmandu Press

अनलाइन सुटिङमा विपेशले जोडे ५५६ अंक

प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगितामा नेपालका विपेश खड्काले ५५६ अंक जोडेका छन् । उनले पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका हुन् ।
अनलाइन सुटिङमा विपेशले जोडे ५५६ अंक
Hardik ivfHardik ivf

काठमाडौं, माघ १६ गते : प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगितामा नेपालका विपेश खड्काले ५५६ अंक जोडेका छन् । उनले पुरुष १० मिटर एयर पेस्तोलमा शुक्रबार ५५६ अंक जोडेका हुन् ।

एसियाली सुटिङ महासंघको सहयोगमा तथा कुवेत सुटिङ संघले अयोजना गरेको प्रतियोगिताको सोही स्पर्धामा बद्रुउद्दिन अन्सारीले ५४५ अंक जोड्दा सुखदेव चौधरीले ५४२ अंक जोडेका छन् ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा भइरहेको प्रतियोगिताको महिला १० मिटर एयर पेस्तोलमा कृष्णा थापाले ५५५ तथा सरिता बस्नेतले ५३७ अंक जोडे । प्रतियोगिताअन्तर्गत शनिबार १० मिटर एयर राइफलतर्फ प्रतिस्पर्धा हुनेछ ।

खेलाडीले प्राप्त गरेको अंकलाई कुवेतमा पठाइने र त्यहाँबाट आइतबार सहभागी सबै राष्ट्रका खेलाडीको नतिजा प्रकाशित गरिने नेपाल सुटिङ संघले जनाएको छ । दुईदिने प्रतियोगितामा २२ राष्ट्र सहभागी छन् । नेपालबाट ६ पुरुष र ५ महिला गरी ११ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
 

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, माघ १६, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्