Kathmandu Press

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, माघ १५ : सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बिहीबार बिहान कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको तीन जना चढेको मोटरसाइकल...
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
Hardik ivfHardik ivf

काठमाडौं, माघ १५ : सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

बिहीबार बिहान कोसी ब्यारेजको नहरनजिक स३प ३०४७ नम्बरको तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चालक सप्तरी तिलाठी मोइलाडी गाउँपालिका ३ सखरपुरका ३० वर्षीय शिवकुमार मुखिया रहेका छन्। 

दुर्घटनामा घाइते भएका मुखियाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। 

मोटरसाइकल पछाडि बसेका २० वर्षीय रामकुमार मुखिया र २५ वर्षीय रामअवतार खङ भने घाइते भएका छन्। 

मृतकको शव पोस्टमार्टमको लागि कोसी अस्पतालमा राखिएको छ।

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, माघ १५, २०७७
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्