उपत्यकामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ १४ : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये काठमाडौंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा...काठमाडौं, माघ १४ : काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमितमध्ये काठमाडौंमा १२२, ललितपुरमा १४ र भक्तपुरमा ९ जनामा संक्रमण पुुष्टि भएको हो।
यो अवधिमा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ जना पुगेको मन्त्रालयले जनाएको छ।
बुधबार थप २४६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार २८६ मात्र रहेको छ। संक्रमितमध्ये २३ जनाको भेन्टिलेटर र १३९ जनाको आइसियूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले बताए।
साथै, यो अवधिमा कोरोना संक्रमणको कारण थप ३ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार बुधबार देशभर ३ नाको कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर मृतकको संख्या २ हजार २० पुगेको छ।